KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
तस्करी मुख्य नाकामा तर मालामाल परवानीपुरका घुमुवा अख्तर, बारा र पर्सा कोे तस्कर देखी ट्रान्सपोर्ट सम्म ब्यापक असुली छुटेन फ्याक्ट्री समेत

तस्करी मुख्य नाकामा तर मालामाल परवानीपुरका घुमुवा अख्तर, बारा र पर्सा कोे तस्कर देखी ट्रान्सपोर्ट सम्म ब्यापक असुली छुटेन फ्याक्ट्री समेत

प्रहरी चौकी परवानीपुरका क्षेत्रहरूमा घुमुवा प्रहरी सहायक हवल्दार जामिल अख्तरको घुमुवा आतंक बढेको छ।परवानीपुर चौकमा विभिन्न किसिमको चेकजाँचको बहानामा सवारीसाधनरुलाई रोकी प्रत्येक गाडीबाट १०० देखि १००० रुपैया सम्म असुल्ने गरेका छन।पर्सा र बाराको विभिन्न सिमानाकाहरुबाट अवेैधरुपले हुने तस्करी तथा तस्करी गरी ल्याउने नेपाली तस्कर वा भारतिय तस्करले जीतपुर तथा सिमरा सम्म सेटिङ् गरि भित्राएको सामानहरु जितपुर र सिमरा बजार भई काठमाडौ सम्म तस्करहरुले पुर्‍याउने गर्छन् ।

 

घूमुवा जामिल अख्तरले तस्करीको सामानलाई बिच बाटोमै पक्राउ गरी ठूलो रकमको बार्गेनिङ गरेर पुन रकम लिई छोडन समेत गरेको स्रोतले जनाएको छ।परवानीपुर प्रहरी चौकीका वरिष्ठ प्रहरी नायब निरीक्षक शक्ति सिंहले कलकारखाना, सवारीसाधन तथा तस्करहरु संग आर्थिक कारोबारको लागि प्रहरी सहायक हवल्दार अख्तरलाई घुमुवाको रुपमा परिचालन गरेका छन।

Call Us for Ads

 

अहिले पर्सा जिल्लाको प्रख्यात र लामो समय देखी आफ्नो पहुँच र बलमा केही क्षेत्रमा घूमुवा बस्दै आएका व्यक्तिहरु अहिले प्रदेश प्रहरी कार्यालय तानिएको र छानबिन भइरहेको समेत जानकारी प्राप्त भएको छ। तर पनि अहिले बारा र पर्सा जिल्लाको थुप्रै ठाँउका सिभिल युनिफर्म मा घुम्ने घुमुवा हरु आफ्नो सञ्जाल चलाउने र तस्कर देखी कलकारखाना समेत असुली गरी बढावा दिने गरेकोे आरोप लागेको छ। 

 

परवानीपुर देखी जीतपुर सिमरा सम्मका स्थानीय र केही व्यापारीले आफ्नो पहिचान लुकाउँदै र आफ्नो पसलमा बिक्री हुने भारतिय वस्तु पछि पक्राउ पर्ने डर त्रासले गर्दा आफ्नो पहिचान लुकाउँदै अनेकौ जानकारी दिएका र आरोप समेत लगाएका छन्। स्थानीय र त्यस क्षेत्रका व्यापारीको अनुसार भारतसँग जोडिएका पर्सा र बारा क्षेत्रका छपकैया,अलौ,अमरपाटी, प्रसौनीभाठा, सबैठवा,भिस्वा,जनकिटोला र बाराको मुशहार्वा, बलिरामपुर लगायतका नाकाहरू हुँदै अवैधरूपमा सामान भित्राई जितपुर बजार सम्म ल्याउने व्यापारीहरु १० हजार देखि ५० हजार सम्म महिनवारी बरिस्ठ सई सिंहले बुझदै आएको व्यापारीहरूले बताएका छन्।

 

स्थानीय स्रोतहरूका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चकलेट–बटर तथा चिनी कारोबारीदेखि लिएर गोदाम सञ्चालकसम्मलाई लक्षित गरी नियमित रूपमा रकम उठाउने गरिएको आरोप छ।एक स्थानीय व्यापारीले नाम गोप्य राख्ने सर्तमा भने,“व्यापार गर्नै गाह्रो भइसकेको छ। मासिक रकम नदिए ढुवानी रोकिन्छ, सामान चेकजाँचका नाममा हैरानी दिइन्छ। डरकै कारण धेरैले बोल्न सकिरहेका छैनन्।”व्यापारीहरूको भनाइ अनुसार, रकम नबुझाउने व्यवसायीहरूलाई विभिन्न बहानामा प्रहरी प्रशासनिक दबाब, सवारी चेकिङ, मालसामान रोक्ने जस्ता कार्यमार्फत प्रताडित गरिने गरिएको आरोप छ।

 

 

यसले व्यवसायको लागत बढाउनुका साथै साना व्यवसायीहरूलाई थप मारमा पारेको उनीहरूको गुनासो छ।शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो।आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्यनाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरीतस्करी बढनु कुनै नौलो कुरा होईन।

 

यस विषयमा अहिले चलिरहेको छानबिन टोली यस विषयमा पनि ध्यान दिन अति आवश्यक रहेको

बुझिन्छ।

 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation