KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
हल्चोक आगलागीबारे सशस्त्र: ‘घटना होइन, दुर्घटना’

हल्चोक आगलागीबारे सशस्त्र: ‘घटना होइन, दुर्घटना’

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले हल्चोकस्थित मोटर ट्रान्सपोर्ट (एमटी) शाखामा गत जेठमा भएको आगलागी दुर्घटनावश भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ।

 

बिहीबार सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागीलाई दुर्घटनाका रूपमा व्याख्या गर्दै हालसम्मको छानबिनले कुनै नियोजित घटना नभई प्राविधिक कारण देखाएको बताए।

Call Us for Ads

 

‘त्यो घटना नभएर दुर्घटना रहेछ। विपद् अन्य व्यक्तिजस्तै हामीलाई पनि पोलेको छ,’ आगलागीबारे सोधिएको प्रश्नमा डीआईजी कार्कीले भने।

 

उनका अनुसार घटनाको अन्तिम प्रतिवेदन आउन बाँकी रहेकाले थप तथ्य त्यसपछि सार्वजनिक हुनेछ।

 

हल्चोकस्थित रंगशालाको पछाडि रहेको एमटी शाखाको अन्डरग्राउन्ड पार्किङमा २० जेठ राति आगलागी भएको थियो। घटनामा एआईजीले प्रयोग गर्ने प्राडो गाडीसहित ६ वटा एटीभी (क्वाड बाइक), स्कर्टिङ मोटरसाइकल तथा दुईवटा मोटरसाइकल जलेर नष्ट भएका थिए।

 

प्रारम्भिक अनुसन्धानमा विद्युतीय (इभी) एटीभी क्वाड बाइकमा सर्ट भई आगलागी भएको देखिएको स्रोतले जनाएको छ। उक्त एटीभी बाइक अमेरिकी दूतावासले सशस्त्र प्रहरीलाई सहयोगस्वरूप उपलब्ध गराएको थियो।

 

घटनाको विस्तृत छानबिनका लागि सशस्त्र प्रहरी मुख्यालयले डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation