KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
फर्सिको बीउ बरामदपछि चर्चामा तस्कर उमेश साह !

फर्सिको बीउ बरामदपछि चर्चामा तस्कर उमेश साह !

काठमाडौं । सशस्त्र प्रहरी बल सर्लाहीले बुधबार जिल्लाको छतौनाबाट ठूलो परिमाणमा फर्सिको बीउ नियन्त्रणमा लियो। चार वटा भारतीय नम्बर प्लेटका पिकअप गाडीमा लोड गरी भारततर्फ लैजान लागिएको अवस्थामा उक्त बीउ बरामद गरिएको हो। घटनामा एक नेपाली नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको छ।

 

प्राप्त जानकारीअनुसार भण्डारण गरिएको स्थानबाट फर्सिको बीउ नेपाली ट्रकमा लोड गरी विभिन्न स्थानमा ओसारपसार भइरहेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको हो।

Call Us for Ads

 

यद्यपि बरामद गरिएको सामानको वास्तविक स्वामित्वबारे सम्बन्धित निकायले औपचारिक रूपमा केही खुलाएको छैन। तर सुरक्षा स्रोतहरूका अनुसार उक्त कारोबारमा लामो समयदेखि सीमावर्ती क्षेत्रमा सक्रिय भनिएका उमेश साह तेलीको संलग्नता रहेको आशंका गरिएको छ।

 

स्रोतका अनुसार भारतीय मूलका भनिएका साहले पर्साको वीरगञ्ज केन्द्र बनाएर नेपाल–भारत सीमावर्ती जिल्लाहरूमा एजेन्टमार्फत फर्सिको बीउ, काजु, चिनी, कफीका गोटा, कपडालगायत सामग्रीको अवैध कारोबार सञ्चालन गर्दै आएको आरोप छ। भारतीय सुरक्षा निकायका केही स्रोतहरूले पनि उनी विभिन्न तस्करी गतिविधिमा संलग्न रहेको दाबी गरेका छन्।

 

उमेश साह भारतिय कस्टम विभागको मोस्ट वाण्टेड सूचीमा रहेको बताइन्छ। जसले गर्दा उनी भारत जाँदा विभिन्न रुपमा जाने गरेको उनलाई नै नजिकबाट चिन्ने एक व्यापारीले बताए। पछिल्लो समय उनले पर्सादेखि सर्लाहीसम्म तस्कर गराउँदे आएका छन्।

 

सुरक्षा स्रोतकाअनुसार एकजना पूर्व प्रहरी हवल्दारको पनि उमेश साहको नेटवर्कसँग सम्बन्ध रहेको बताइन्छ। हवल्दारसँग विजय यादव, सन्तोष सिंह, राजेश ठाकुर र सुरेश जैसवाललगायत व्यक्तिहरूको समूह सक्रिय रहेको स्रोतको दाबी छ।

 

उनीहरुमध्ये ती हवल्दारले मधेसमा आफ्नो छुट्टै तस्करको साम्रज्य खडा गर्न लागिपरिरहेका छन्। बुधबार सर्लाहीबाट भारतीय नम्बर प्लेटका पिकअप गाडीमा लोड गरी भारततर्फ लैजान लागिएको अवस्थामा ठूलो परिमाणमा बरामद फर्सीको बीउको कारोबारमा साह-हवल्दारको कनेक्सन रहेको बताइन्छ।

 

पछि उनले राजीनमा दिएका हुन्। राजीनामा दिनुको पनि छुट्टै कराण छ। प्रहरी प्रधान कार्यालयले निर्वाचनअघि मधेस प्रदेशमा परिचालित विवादास्पद घुमुवाहरूलाई फिर्ता बोलाउने क्रममा उनी पनि तानिएका थिए।

 

स्रोतहरूका अनुसार उनीमाथि सम्पत्ति आर्जन र कार्यशैलीबारे उजुरी परेपछि अनुसन्धानको दायरामा परेका थिए। अनुसन्धान जारी रहेकै अवस्थामा उनले प्रहरी सेवाबाट राजीनामा दिएको बताइन्छ।

 

फर्सिको बीउ बरामद प्रकरणसँगै सीमावर्ती क्षेत्रमा सक्रिय भनिएका तस्करी सञ्जाल, त्यसमा संलग्न भनिएका व्यक्तिहरू तथा उनीहरूको सम्पत्तिको स्रोतबारे निष्पक्ष र गहन अनुसन्धान हुनुपर्ने आवाज उठ्न थालेको छ। साभार -scoopkhabar.com 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation