KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको दाबी गलत : गृहमन्त्री गुरुङ, वास्तविक खर्च १४–२० करोड

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको दाबी गलत : गृहमन्त्री गुरुङ, वास्तविक खर्च १४–२० करोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का बेला हेलिकप्टरमार्फत गरिएको उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको विवरण गलत रहेको बताएका छन्।

Advertisement

गुरुङका अनुसार हेलिकप्टर उद्धारमा सरकारको वास्तविक खर्च १४ देखि २० करोड रुपैयाँको हाराहारीमा रहेको छ। उद्धारमा भएको खर्चबारे सार्वजनिक रूपमा आएको १५ अर्ब रुपैयाँको विवरण तथ्यपरक नभएको उनको भनाइ छ।

Advertisement

गृहमन्त्री गुरुङले रसुवाका बाढी प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी पनि दिएका छन्। उनका अनुसार ठूलो परिवारका लागि थप २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

Ad

विपद्बाट घरबारविहीन भएका प्रभावित परिवारका लागि सरकारले दुई कोठे अस्थायी आवास निर्माण गर्ने योजना अघि बढाएको उनले बताए। तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन रूपमा व्यवस्थित टाउनसिप निर्माण गरी प्रभावितलाई पुनर्वास गर्ने सरकारको योजना रहेको गुरुङको भनाइ छ।

Advertisement

यसैबीच, विपद् आउनुअघि गरिने पूर्वतयारीमा भएका कमजोरीको समीक्षा गर्न सरकारले छुट्टै समिति गठन गर्ने निर्णय गरेको पनि गृहमन्त्री गुरुङले जानकारी दिए।

Advertisement

उनका अनुसार आगामी दिनमा विपद् पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विगतका कमजोरीको अध्ययन गरी आवश्यक सुधारका उपाय अघि बढाइनेछ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation