KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
घण्टाघर नजिकको बीपी पार्क यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने

घण्टाघर नजिकको बीपी पार्क यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले घण्टाघर नजिक निर्माणाधीन बीपी पार्क (बीपी उद्यान) यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने बताएका छन्।

Advertisement

बुधबार आयोजित महानगरपालिकाको २१औँ विशेष नगरसभामा चालू आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्दै मेयर सिंहले निर्माणाधीन बीपी उद्यानलाई सुरक्षित, प्रविधिमैत्री तथा पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरिने जानकारी दिए।

Advertisement

उनका अनुसार पार्कमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली क्षेत्र विस्तार गरिनेछ। आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन पूरा गरी चालू आर्थिक वर्षभित्रै पार्क सञ्चालनमा ल्याउने महानगरको योजना छ।

Ad

यस्तै, महानगरवासीको आवागमनलाई सहज बनाउन निजी क्षेत्रसँगको सहकार्यमा वीरगन्ज महानगर क्षेत्रमा नगर बस सेवा सञ्चालन गर्ने योजना पनि मेयर सिंहले सार्वजनिक गरेका छन्।

Advertisement

‘उज्यालो वीरगन्ज’ अभियानलाई निरन्तरता

Advertisement

वीरगन्ज महानगरलाई रातिको समयमा सुरक्षित र सौन्दर्यपूर्ण बनाउन सञ्चालन हुँदै आएको ‘उज्यालो वीरगन्ज’ अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने उनले बताए।

महानगरका मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलईडी तथा हाइमास्ट बत्ती जडानलाई तीव्रता दिइने र शहरको कुनै पनि क्षेत्रलाई अँध्यारोमा रहन नदिने प्रतिबद्धता मेयर सिंहले व्यक्त गरे।

त्यस्तै, वीरगन्जलाई सभ्य, आकर्षक र जीवन्त शहरका रूपमा विकास गर्न सडक करिडोर तथा डिभाइडरमा हरियाली प्रवर्द्धन, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको वैज्ञानिक व्यवस्थापन गरिने उनले बताए।

ऐतिहासिक सम्पदा तथा पोखरीहरूको सौन्दर्यीकरण गर्दै ‘स्वच्छ, हरित र वैभव वीरगन्ज’ अभियान सञ्चालन गर्ने योजना पनि महानगरले अघि सारेको छ।

शिक्षा र स्वास्थ्यमा पनि प्राथमिकता

महानगरको शैक्षिक क्षेत्रलाई थप व्यवस्थित गर्न सार्वजनिक विद्यालयको दरबन्दी संरचना, विद्यार्थी अनुपात र भौतिक पूर्वाधारबीच तादात्म्य कायम गर्ने मेयर सिंहले बताए।

वीरगन्जको स्थानीय भाषा, संस्कृति तथा कलाको संरक्षण र प्रवर्द्धनका लागि भोजपुरी प्रतिष्ठानलगायत सम्बन्धित संस्था तथा व्यक्तिहरूको सक्रियतामा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

त्यसैगरी, नगरवासीको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई ध्यानमा राख्दै आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जन स्थल एवं पार्कहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने महानगरको योजना रहेको मेयर सिंहले बताए।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation