KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप लगाएको छ। इरानले अब अमेरिकासँग वार्ताको कुनै अर्थ नरहेको पनि जनाएको छ।

इरानी संसदका सभामुख मोहम्मद बघेर गालिबाफले अमेरिकामाथिको अविश्वास उसको बारम्बार प्रतिबद्धता तोड्ने व्यवहारका कारण भएको बताए। उनका अनुसार यसपटक पनि उही प्रवृत्ति दोहोरिएको छ।

 

Call Us for Ads

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार मानेको भए पनि औपचारिक संवाद सुरू हुनुअघि नै त्यसका सर्तहरू उल्लंघन गरिएको दाबी गरे।

गालिबाफका अनुसार पहिलो सर्त लेबनानमा युद्धविराम लागू गर्ने थियो, तर लेबनानमा इरजरायलका भीषण आक्रमण जारी छन्। उनले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले लेबनानसहित सबै स्थानमा तत्काल युद्धविरामको आह्वान गरेको प्रसंग पनि उल्लेख गरे।

नुसार इरानको हवाई क्षेत्रमा अतिक्रमण नगर्ने सहमति भएको थियो। तर फार्स प्रान्तको लार क्षेत्रमा एक ड्रोन प्रवेश गरेपछि त्यसलाई खसालिएको गालिबाफले बताएका छन्।

तेस्रो सर्तमा इरानको युरेनियम समृद्धीकरणको अधिकार स्वीकार गरिने उल्लेख भए पनि अहिले अमेरिका त्यसबाट पछि हटेको आरोप उनले लगाए। ‘वार्ताको आधार नै भत्किएको अवस्थामा अब संवाद गर्नु तर्कसंगत छैन,’ उनले भने।

लेबनानमा आक्रमण, युद्धविराम अस्वीकार्य : इरान

यसैबीच इरानले लेबनानमा आक्रमण जारी रहँदा युद्धविरामको कुरा स्वीकार्य नहुने स्पष्ट पारेको छ। इरानका उपविदेशमन्त्री साइद खतिब्जादेहले यदि युद्धविराममा लेबनान समावेश छ भने त्यहाँ इजरायली आक्रमण रोकिनु पर्ने बताए।

उनले इजरायलले लेबनानमा व्यापक हिंसा गरिरहेको आरोप लगाउँदै यसलाई ‘नरसंहार’को संज्ञा दिएका छन् । उनलले यो युद्धविरामको मर्म विपरीत भएको बताएका छन्।

तर इजरायलले भने आफूले लेबनानमा हेजबुल्लाहलाई लक्षित गरी कारबाही गरिरहेको दाबी गर्दै आएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १२ : ५६ बजे

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation