KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

२६ चैत, काठमाडौं । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।

लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए ।

संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १२ भन्दा बढी विस्फोटका आवाज सुनिएका थिए ।त्यसपछि दिउँसो इजरायली सेनाले १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको थियो । ‘यो अत्यन्त नाटकीय थियो । आक्रमणको स्तर अत्यन्त भयावह थियो,’ रिजाले भनेका छन्, ‘हालसम्म हताहतको यकिन तथ्यांक प्राप्त नभए पनि सयौँ मानिस मारिएको वा घाइते भएको आशंका गरिएको छ । अस्पतालहरूमा अत्यधिक दबाब छ, र देशभर रगत दानका लागि ठूलो अपिल गरिएको छ ।’

Call Us for Ads

समाचार एजेन्सी रोयर्टसका अनुसार इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघले इजरायल र हेजबुल्लाहलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र तत्काल अवरोधविहीन मानवीय सहायता मार्ग पुन:स्थापित गर्न आह्वान गरेको छ ।

ठूलो मानवीय संकट

संयुक्त राष्ट्रसंघका अनुसार २ मार्चदेखि इजरायली सेना र हेजबुल्लाहबीच लडाइँ सुरु भएयता हालसम्म १ हजार ५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका रहेका छन् । ४६१ बालबालिका घाइते भएका छन् ।

हवाई आक्रमण र घर छोड्न इजरायलले दिएको निर्देशनका कारण हालसम्म करिब १२ लाख मानिस विस्थापित भएका छन्, जुन कुल जनसंख्याको करिब २० प्रतिशत हो ।

करिब १ लाख ३८ हजार मानिसले ६७८ वटा सामूहिक आश्रयस्थलमा शरण लिएका छन्, जसको धेरैजसो व्यवस्था विद्यालयहरूमा गरिएको छ । अन्य धेरै मानिसहरू समुदायमा अनौपचारिक रूपमा बसोबास गरिरहेका छन्, जहाँ आधारभूत सेवाको अभाव छ ।

तनाव अन्त्यको अपिल

संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता समन्वयक इमरान रिजाले सर्वसाधारणमाथि हिंसाको गम्भीर प्रभाव परेको भन्दै तत्काल तनाव र टकराव अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘यो समय बाँकी रहेका मुद्दामा वार्ता गर्ने, मतभेद समाधान गर्ने, स्थायी युद्धविरामतर्फ अघि बढ्ने र हिंसात्मक द्वन्द्वको दीर्घकालीन समाधान खोज्ने हो ।’

उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण सम्मान गर्न, सर्वसाधारण, नागरिक संरचना र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, तथा मानवीय सहायता मार्ग खुला राख्नुपर्नेमा जोड दिएका छन् ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation