KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
जबराको पक्राउप्रति विपक्षी सांसद आक्रोशित, सरकारसँग मागे जवाफ

जबराको पक्राउप्रति विपक्षी सांसद आक्रोशित, सरकारसँग मागे जवाफ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनालाई लिएर प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले सरकारसँग प्रश्न गरेका छन्।

Advertisement

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको घटनाको कारण र कानुनी प्रक्रियाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

Advertisement

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जबरालाई ‘जेनजीबाट थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको भनिएको विषयमा प्रश्न उठाए।

Ad

उनले भने, ‘पूर्वप्रधानन्यायाधीशलाई जेनजीबाट थ्रेट भनियो। गिरफ्तारी सुरक्षा थ्रेट दिनेलाई दिइन्छ कि थ्रेट हुनेलाई? यसको जवाफ सरकारले दिनुपर्छ।’

Advertisement

दुलालले जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाले सरकार कानुनी राज्यको बाटोमा हिँडिरहेको हो वा अराजकतातर्फ गइरहेको हो भन्ने प्रश्न उठेको बताए। सरकारले संवैधानिक र कानुनी प्रक्रियाबाट शासन सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

Advertisement

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पनि जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाको आलोचना गरे। उनले जबरालाई ‘गुण्डागर्दी र अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गर्दै घटनालाई राज्य आतंकको नमुनाका रूपमा व्याख्या गरे।

महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि नहुने भन्दै कसैलाई पक्राउ गर्नुपर्ने अवस्था भए अभियोग लगाएर कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताए।

उनले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधका आधारमा विरोधीलाई तर्साउने तथा धम्क्याउने काम भइरहेको आरोपसमेत लगाए। साथै, उनले सरकारसँग पनि ‘थ्रेट दिनेलाई पक्राउ गर्ने कि थ्रेट हुनेलाई पक्राउ गर्ने?’ भन्ने प्रश्न गरे।

महरले सरकार जेनजी आन्दोलनकै बलमा आएको उल्लेख गर्दै अहिले जेनजीको बदनाम हुने गरी गतिविधि नगर्न आग्रह गरे।

राप्रपा सांसद ताहिर अलीले पनि पछिल्ला घटनाक्रमबारे संसदको ध्यानाकर्षण गराए। संवैधानिक आयोग तथा मानव अधिकारका पदाधिकारीहरूलाई समेत भेट्न जान नदिइएको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

उनले सरकारलाई आफूले गरेका प्रतिबद्धताबारे गम्भीर भएर सोच्न आग्रह गर्दै मुलुक सञ्चालन गर्दा कानुन, विधि र प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए।

के भएको थियो जबराको पक्राउमा?

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आइतबार मध्यराति काठमाडौंको बासबारीस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। उनलाई करिब राति ३ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको थियो।

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई पक्राउ नगरिएको, बरु सुरक्षा थ्रेट रहेकाले कार्यालयमा ल्याइएको दाबी गरेका थिए।

करिब १० घण्टा कार्यालयमा राखिएपछि प्रहरीले जबरालाई परिवारको जिम्मामा छाडेको थियो। त्यसपछि उनको निवासमै सुरक्षा बढाइएको बताइएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation