KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पुनः पक्राउ

दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पुनः पक्राउ

मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो।

Advertisement

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधसम्बन्धी परेको उजुरीका आधारमा अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार प्रसाईंविरुद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउने क्रममा अदालतबाट पक्राउका लागि अनुमति लिइएको हो। त्यसपछि साइबर ब्युरोको टोली उनको भक्तपुरस्थित निवासमा पुगेको थियो।

Ad

विभिन्न समयमा दिएका अभिव्यक्ति तथा सार्वजनिक गतिविधिका कारण प्रसाईं विवादमा पर्दै आएका छन्। यसअघि पनि उनीविरुद्ध विभिन्न मुद्दा तथा उजुरीमा अनुसन्धान हुँदै आएको थियो भने फरक–फरक घटनामा उनी पक्राउ परेर छुट्दै आएका छन्।

Advertisement

पछिल्लो पक्राउपछि प्रसाईंमाथि साइबर अपराधसम्बन्धी उजुरीका विषयमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने बताइएको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation