कांग्रेस महाधिवेशन : असोज २३ गते मतदान, प्रतिनिधिका लागि आवास–भोजनको व्यवस्था
बिरगंज, पर्सा,२२ असोज
काठमाडौं, २२ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको सहजताका लागि आवास तथा भोजनको थप व्यवस्था गरिने भएको छ।
निर्वाचन समितिले निर्वाचन कार्यक्रम परिमार्जन गर्दै असोज २३ गते बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेपछि कांग्रेसले प्रतिनिधिहरूका लागि थप सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार महाधिवेशन एक दिन लम्बिँदा आवासमा समस्या परेका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गर्नुपर्नेछ। प्राप्त विवरणका आधारमा आवश्यकताअनुसार आवासको व्यवस्था गरिने कांग्रेसले जनाएको छ।
त्यस्तै, असोज २२ गते साँझसम्म पूर्वनिर्धारित तालिकाअनुसार भोजनको व्यवस्था यथावत् रहनेछ। थपिएको समयावधिका लागि पनि भृकुटीमण्डपस्थित साविककै स्थानमा प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था गरिने जनाइएको छ।
निर्धारित तालिकाभन्दा एक दिन महाधिवेशन लम्बिँदा उत्पन्न भएको असहजतालाई परिस्थितिजन्य बाध्यताका रूपमा लिएर एकताबद्ध हुँदै निर्वाचन प्रक्रियामा सहभागी हुन कांग्रेस सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
सभापति थापाले असोज २३ गते बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी भई महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका हुन्।
मतपत्र छपाइमा भएको ढिलाइका कारण निर्धारित समयमा मतदान सुरु हुन नसकेपछि निर्वाचन कार्यक्रम एक दिन पछाडि सरेको हो। निर्वाचन समितिका अनुसार अहिले आवश्यक सबै मतपत्र छपाइ भइसकेको र मतदानका लागि आवश्यक तयारी पूरा गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






