सांसद खगेन्द्र सुनारको दाबी : ‘मविरुद्ध प्रहरी निगरानी बढाइयो, परिवारको सम्पत्तिसमेत खोजिँदैछ’
बिरगंज, पर्सा, २२ असोज
काठमाडौं। सांसद खगेन्द्र सुनारले आफूविरुद्ध प्रहरी निगरानी बढाइएको दाबी गर्दै गम्भीर आरोप लगाएका छन्। उनले आफू र आफ्नो परिवारसँग सम्बन्धित विभिन्न विवरण अनुसन्धानका नाममा संकलन गर्न थालिएको बताएका हुन्।
सुनारका अनुसार पछिल्लो समय उनका बैंक खाता, फोन, WhatsApp, Facebook लगायतका गतिविधि निगरानीमा राखिएको छ। त्यस्तै, परिवार तथा आफन्तको सम्पत्तिसम्बन्धी विवरणसमेत खोजी तथा संकलन गर्न थालिएको उनको दाबी छ।
उनले आफूले गरेका सम्पूर्ण कामको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई चुनौती दिएका छन्। आफूबाट कुनै बदमासी वा गलत काम प्रमाणित भए पदमा एक मिनेट पनि नबस्ने उनको भनाइ छ।
सुनारले आफू सार्वजनिक जिम्मेवारीमा रहेकाले आफ्नो कामको छानबिनबाट आफू नडराउने बताएका छन्। उनले छानबिन निष्पक्ष हुनुपर्ने र प्रमाणका आधारमा सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।
उनले देशमा सुशासन कायम गर्न प्रहरी तथा कर्मचारी संयन्त्रमा सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। प्रहरी र कर्मचारी संयन्त्र नसुधारी सुशासन कायम गर्न कठिन हुने उनको भनाइ छ।
आफ्नो राजनीतिक तथा व्यक्तिगत संघर्षलाई स्मरण गर्दै सुनारले भावुक अभिव्यक्तिसमेत दिएका छन्। उनले भनेका छन्, “सके गर्छु, नसके मर्छु तर यसै घर फर्किन्नँ आमा।”
सुनारले आफूविरुद्ध भइरहेको भनिएको निगरानी र अनुसन्धानबारे थप विवरण सार्वजनिक गर्दै सम्बन्धित निकायले सत्यतथ्य स्पष्ट पार्नुपर्ने बताएका छन्।
यद्यपि, सुनारले लगाएका यी आरोपबारे सम्बन्धित प्रहरी वा अनुसन्धान निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक रूपमा स्पष्ट हुन बाँकी छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






