कांग्रेसको १५औँ महाधिवेशनले जेनजी आन्दोलनका प्रश्न सम्बोधन गर्नुपर्छ : रक्षा बम
काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले जेनजी आन्दोलनले उठाएका प्रश्न तथा पार्टीभित्र सुधारको आवश्यकतालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले जेनजी आन्दोलनपछि उठेका प्रश्न र नेपाली कांग्रेसभित्र सुधारको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित कांग्रेस विशेष महाधिवेशन हुँदै नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको उल्लेख गरेकी छन्।
उनले १५औँ महाधिवेशन पार्टीभित्र आत्मालोचना, आत्मसमीक्षा र सुधारको विषयमा गम्भीर बहस गर्ने अवसर बन्नुपर्ने बताएकी छन्।
बमले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले पार्टीभित्रको आत्मालोचनाको आवश्यकतालाई जोड दिएको प्रसंग उल्लेख गर्दै विगतका कमजोरी र गल्तीको समीक्षा गरेर पार्टीलाई सुधारको बाटोमा अघि बढाउनुपर्ने धारणा राखेकी छन्।
उनका अनुसार कांग्रेसले बाहिरबाट आएको आलोचनाभन्दा आफ्नै इतिहास, विगतका निर्णय र संस्थापक नेताहरूका विचारबाट पाठ सिक्न आवश्यक छ। विशेषगरी बीपी कोइरालाको आत्मालोचनाको भावलाई १५औँ महाधिवेशनले मनन गर्नुपर्ने उनको भनाइ छ।
जेनजी आन्दोलनमा युवाहरूले आफ्नो प्रतिनिधित्व र राजनीतिक सहभागिताको प्रश्न उठाएको उल्लेख गर्दै बमले कांग्रेसमा युवाको सहभागिता अझ विस्तार हुनुपर्ने बताएकी छन्।
उनले निश्चित उमेरपछि पनि एउटै व्यक्ति पटक–पटक नेतृत्वमा दोहोरिन खोज्ने प्रवृत्तिमा समेत परिवर्तन आवश्यक रहेको धारणा राखेकी छन्।
बमले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने र युवालाई दिइएको राजनीतिक स्पेस आगामी दिनमा पनि निरन्तर रहनुपर्ने बताएकी छन्।
‘सुधारिएको र बदलिएको कांग्रेस’ हेर्ने आफ्नो इच्छा रहेको बताउँदै बमले १५औँ महाधिवेशनले पार्टीको विगतका कमजोरीको समीक्षा गर्दै नयाँ पुस्ताको अपेक्षा र जेनजी आन्दोलनले उठाएका सवाललाई सम्बोधन गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






