KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
कांग्रेसमा ‘समानान्तर’ राजनीतिको दबदबा: कोइराला समूहको बागमती प्रदेशस्तरीय भेला आज हुँदै

कांग्रेसमा ‘समानान्तर’ राजनीतिको दबदबा: कोइराला समूहको बागमती प्रदेशस्तरीय भेला आज हुँदै

१७ बैशाख, काठमाडौँ । विशेष महाधिवेशन सम्पन्न भए पनि नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष झन् उत्कर्षमा पुगेको छ। एक समूहले अर्को समूहको अस्तित्व स्वीकार गर्न नसक्दा पार्टीभित्र समानान्तर गतिविधिहरूले प्रश्रय पाएका छन् । यसै क्रममा नेता डा. शेखर कोइराला समूहले आज बागमती प्रदेशस्तरीय बृहत् भेला बोलाएको छ ।

कोइरालाको सचिवालयका अनुसार बालुवाटारस्थित ओपेरा होटलमा बिहान ८ बजेदेखि भेला सुरु हुँदै छ । बैठकमा बागमती प्रदेशका निवर्तमान तथा बहालवाला केन्द्रीय सदस्य, सांसद, पूर्वसांसद, जिल्ला सभापति, पूर्वसभापति र क्षेत्रीय सभापतिहरूलाई आमन्त्रण गरिएको छ।  विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा आफ्नो पक्षको भूमिका र आगामी राजनीतिक कार्यदिशाबारे छलफल गर्न यो भेला बोलाइएको बुझिएको छ ।

पार्टीभित्रको यो सक्रियतालाई बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोजना गरेको समूहगत छलफलको ‘काउन्टर’ का रूपमा हेरिएको छ। खड्का पक्षले आफ्ना निकटका नेताहरूसँग छुट्टै परामर्श गरेलगत्तै कोइराला समूहले पनि प्रदेशस्तरीय भेला बोलाउनुले कांग्रेसभित्रको गुटगत संरचना झन् संस्थागत हुँदै गएको संकेत गर्छ ।

Call Us for Ads

विशेष महाधिवेशनपछि कांग्रेस एकताबद्ध हुने कार्यकर्ताको अपेक्षाविपरीत नेतृत्व तहमा भने ‘इगो’ र ‘अस्तित्व’ को लडाइँ देखिएको छ । पार्टीका औपचारिक संरचनाभन्दा बाहिर बसेर समूहगत भेला र रणनीतिक बैठकहरू सञ्चालन हुनुले केन्द्रीय नेतृत्वमाथि चुनौती थपिएको छ । समानान्तर रूपमा भइरहेका यस्ता गतिविधिले तल्लो तहका कार्यकर्तामा भने अन्योल र निराशा पैदा गरेको छ ।

आजको भेलाले विशेष महाधिवेशनपछिको बदलिँदो राजनीतिक परिस्थितिमा कोइराला समूहको आगामी कदम र पार्टीभित्रको उपस्थितिलाई कसरी बलियो बनाउने भन्नेबारे ठोस खाका तयार पार्ने अपेक्षा गरिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation