केडिया आँखा अस्पताल अगाडि ईभीको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
बारा/बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि ईभी गाडीको ठक्करबाट एक ७ वर्षीय भारतीय बालकको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब १२ः३० बजे वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले सडक पार गर्ने क्रममा पैदलयात्री भारत, मोतिहारी जिल्लाका महम्मद गुफानका ७ वर्षीय छोरा महम्मद ईशानलाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका ईशानलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो २ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। बालकको गम्भीर अवस्थामा उनका हजुरबुबा अब्दुल कुदुस अन्सारी उपचारमा संलग्न रहेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय परवानीपुर, बाराबाट प्रहरी नायब निरीक्षक बालराज गिरीको कमाण्डमा खटिएको टोलीले ईभी गाडी र चालक वीरगञ्ज महानगरपालिका–३२ निवासी २६ वर्षीय लक्षुमन पासवानलाई नियन्त्रणमा लिएको छ। चालक पासवानलाई इलाका प्रहरी कार्यालय परवानीपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक बालकको शव मुचुल्का पश्चात् सोही दिन साँझ ५ः१५ बजे पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

