KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
खुल्दै बन्द हुँदै बिपी राजमार्ग, तीन दिनपछि फेरि खुल्यो

खुल्दै बन्द हुँदै बिपी राजमार्ग, तीन दिनपछि फेरि खुल्यो

२४ बैशाख, काठमाडौं । बाढीको वितण्डाले विगत तीन दिनदेखि स्तब्ध बनेको बिपी राजमार्गमा बिहीबार बिहानदेखि पुनः सवारीको चाप देखिन थालेको छ ।

काभ्रेको रोशी खोलामा आएको बाढीले अवरुद्ध पारेको यो महत्वपूर्ण लाइफलाइनलाई अस्थायी ‘डाइभर्सन’ बनाएर सञ्चालनमा ल्याइएको हो । गत सोमबारको अविरल वर्षाले सडक संरचनामा क्षति पुर्याएपछि रोकिएका सयौँ सवारीसाधन र यात्रुहरू बाटो खुलेसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडक डिभिजन र स्थानीय प्रशासनको निरन्तरको प्रयासपछि बिहीबार बिहानबाट आवागमन सहज बनाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रोशी क्षेत्रको भौगोलिक संवेदनशीलताका कारण यो राजमार्ग अहिले पनि पूर्ण सुरक्षित भने छैन। गत वर्षको विनाशकारी बाढीले चौकीडाँडा, रोशी र सिन्धुलीको नेपालथोक खण्डमा झण्डै १८ किलोमिटर सडक बगाएपछि अहिले खोलाकै किनारमा अस्थायी डाइभर्सन बनाएर गाडी गुडाउने गरिएको छ ।

Call Us for Ads

तर, वर्षा हुनेबित्तिकै रोशी खोलाको सतह बढ्ने र करिब चार किलोमिटर क्षेत्रमा बनाइएको यो कच्ची बाटोमा क्षति पुग्ने जोखिम सधैँ रहिरहन्छ । जसका कारण सामान्य वर्षामा पनि सुरक्षाको दृष्टिकोणले प्रहरीले धुलिखेल, काभ्रेभञ्ज्याङ, मंगलटार र नेपालथोक क्षेत्रमै सवारीसाधन रोकेर राख्नुपर्ने बाध्यता छ ।

सडक खुले पनि यात्राको जोखिम भने अझै टरिसकेको छैन । मौसम विभागले वर्षाको सम्भावना अझै कायमै रहेको बताएकाले ट्राफिक प्रहरीले चालक र यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षा सुरु हुनेबित्तिकै सडक बन्द हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यो खण्डबाट जोखिमपूर्ण यात्रा नगर्न सचेत गराइएको छ ।

हाल यस क्षेत्रमा स्थायी सडक निर्माणको कार्य तीव्र पारिएको भए पनि निर्माण सम्पन्न नभएसम्म यात्रुहरूले रोशीको बगर र अस्थायी डाइभर्सनकै भरमा जोखिमपूर्ण यात्रा गरिरहनुपर्ने अवस्था छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation