KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
तीन दशकपछि स्वास्थ्यमा सुधारः ९७७ नयाँ दरबन्दी थप्न अर्थको ग्रिन सिग्नल

तीन दशकपछि स्वास्थ्यमा सुधारः ९७७ नयाँ दरबन्दी थप्न अर्थको ग्रिन सिग्नल

२४ बैशाख, काठमाडौं । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि खड्किएको जनशक्ति अभावलाई पूर्ति गर्न सरकारले ऐतिहासिक कदम चालेको छ ।

स्वास्थ्य मन्त्रालयले पेस गरेको ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने प्रस्तावलाई अर्थ मन्त्रालयले बुधबार स्वीकृत गरेको हो । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार, अति आवश्यक देखिएका यी दरबन्दीहरू थपिएसँगै अब सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ सेवाको पहुँच विस्तार हुनेछ ।

अर्थबाट स्वीकृत भएको यो प्रस्ताव अब मन्त्रिपरिषद्‍मा लैजाने तयारी गरिएको छ, जहाँबाट अन्तिम मोहर लागेपछि देशभरका स्वास्थ्य निकायमा कर्मचारी भर्नाको बाटो खुल्नेछ ।

Call Us for Ads

नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्लो तीन दशकदेखि नयाँ दरबन्दी सिर्जना नहुँदा सेवा प्रवाहमा ठूलो समस्या देखिँदै आएको थियो । देशको जनसङ्ख्या तीन करोड नाघिसक्दा पनि स्थायी दरबन्दी संरचना भने पुरानै ‘आउटडेटेड’ ढाँचामा खुम्चिएको थियो ।

पूर्वस्वास्थ्य मन्त्रीहरूले पटक–पटक दरबन्दी थप्ने प्रयास गरे पनि आर्थिक व्ययभार र प्रशासनिक झन्झटका कारण सरकारले अनुमति दिएको थिएन । यो नयाँ निर्णयले दशकौँदेखि आन्दोलित कर्मचारी सङ्गठन र विज्ञहरूको मागलाई मात्र सम्बोधन गरेको छैन, बरु सरकारी अस्पतालमा विशेषज्ञ डाक्टरहरूको खडेरी अन्त्य हुने आशा पनि जगाएको छ ।

संघीय संरचना अनुसार स्वास्थ्य सेवालाई गाउँ–गाउँसम्म प्रभावकारी बनाउन यो दरबन्दी थप कोसेढुङ्गा सावित हुने मन्त्रालयका अधिकारीहरूको विश्वास छ । डाक्टरहरूको विदेश पलायन र विशेषज्ञ सेवाको अभावका कारण धराशायी बन्दै गएको सरकारी स्वास्थ्य सेवालाई यसले नयाँ जीवन दिने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद्को आगामी बैठकबाट यो निर्णय पारित भएपछि देशभरका स्वास्थ्य संस्थाहरूमा रिक्त रहेका र नयाँ सिर्जना गरिएका पदहरूमा स्थायी जनशक्तिको पदपूर्ति प्रक्रिया सुरु हुनेछ, जसले जनतालाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation