KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
माडीमा धार्मिक उत्साहको लहर : देवेन्द्रपुरमा भव्य “शनि जयन्ति उत्सव” हुँदै

माडीमा धार्मिक उत्साहको लहर : देवेन्द्रपुरमा भव्य “शनि जयन्ति उत्सव” हुँदै

२८ बैशाख, माडी (चितवन) । चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका धार्मिक समितिको आयोजनामा आगामी जेठ २ गते शनिबार “११औं शनि जयन्ति उत्सव” भव्य रूपमा आयोजना हुने भएको छ।

समितिले प्रत्येक वर्ष यही दिनलाई विशेष धार्मिक उत्सवका रूपमा विविध कार्यक्रमसहित मनाउँदै आएको छ। शनि देवप्रतिको आस्था, धार्मिक परम्पराको संरक्षण तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर आयोजना हुँदै आएको उक्त उत्सव यस वर्ष झन् विशेष र आकर्षक ढंगले सम्पन्न गरिने आयोजकले जनाएको छ।

उत्सवका अवसरमा धार्मिक पूजा–आराधना, भजन प्रतियोगिता, दुना टपरी बनाउने प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विशेष दोहोरी प्रस्तुति आयोजना गरिनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित दोहोरी च्याम्पियन प्रकाश पराजुलीको विशेष प्रस्तुति रहनेछ।

Call Us for Ads

समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुबेदीका अनुसार भजन प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रु. ७ हजार, रु. ५ हजार र रु. ३ हजार निर्धारण गरिएको छ। त्यसैगरी दुना टपरी बनाउने प्रतियोगितामा प्रथम हुनेलाई रु. १ हजार ५ सय, द्वितीयलाई रु. १ हजार तथा तृतीयलाई रु. ५ सय पुरस्कार प्रदान गरिनेछ।

अध्यक्ष सुबेदीका अनुसार कार्यक्रमको अवसरमा शनि धामको विकास, संरक्षण तथा धार्मिक गतिविधिमा निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न समूह, संस्था तथा व्यक्तिहरूलाई सम्मान समेत गरिनेछ। उहाँले धार्मिक चेतना विस्तारसँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले उत्सवलाई निरन्तरता दिइएको बताए ।

पछिल्लो समय उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको उनको भनाइ छ । समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई उत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation