KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
मालपोत धाउनुपर्ने दिन सकिए, अब बैंकबाटै जग्गा रोक्का र फुकुवा हुने

मालपोत धाउनुपर्ने दिन सकिए, अब बैंकबाटै जग्गा रोक्का र फुकुवा हुने

१८ बैशाख, काठमाडौं । सरकारले मालपोत प्रशासनमा आमूल सुधार गर्दै जग्गाको धितो बन्धकी, रोक्का तथा फुकुवा प्रक्रियालाई पूर्णतः अनलाइन प्रणालीमा लगेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नतिजामा आधारित शासकीय प्रबन्ध अन्तर्गत यो नयाँ डिजिटल व्यवस्था सुरु गरेको हो । अब बैंकबाट ऋण लिन वा ऋण चुक्ता गरिसकेपछि जग्गा रोक्का(फुकुवा गर्न सेवाग्राहीले मालपोत कार्यालयको ढोका ढकढक्याउनु पर्ने छैन ।

भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई धितो बन्धकी सम्बन्धी सम्पूर्ण कार्य अनिवार्य रूपमा अनलाइनमार्फत गर्न निर्देशन दिएको छ । ‘भूमि प्रशासन निर्देशिका, २०८१’ को कानुनी व्यवस्थालाई टेक्दै विभागले यो सेवालाई चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने तालिका समेत सार्वजनिक गरेको छ ।

Call Us for Ads

जसअनुसार, तोकिएका बैंकहरूले आगामी २०८३ वैशाख २१ गते देखि र अन्य सबै वर्गका क, ख, ग र घ बैंक तथा वित्तीय संस्थाहरूले २०८३ जेठ १ गते देखि अनिवार्य रूपमा यो प्रणाली अपनाउनुपर्नेछ ।

यो व्यवस्था लागू भएसँगै मालपोत कार्यालयहरूमा हुने भीडभाडमा भारी गिरावट आउने अपेक्षा गरिएको छ। विभागको प्रारम्भिक आकलन अनुसार यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउँदा मालपोत कार्यालयको कार्यचाप करिब ६० प्रतिशतले कमी हुनेछ। यसबाट सर्वसाधारणले झन्झटिलो प्रक्रिया र बिचौलियाको अनावश्यक दबाबबाट मुक्ति पाउने विश्वास लिइएको छ।

अहिलेसम्म अनलाइन प्रणालीको अनुमति नलिएका बैंक तथा वित्तीय संस्थाहरूलाई जेठ १ गतेअघि नै सम्झौता र आवश्यक तयारी पूरा गर्न विभागले कडा निर्देशन दिएको छ। यो कदमले डिजिटल नेपालको अवधारणालाई थप बल पुर्‍याउँदै भूमि प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने निश्चित देखिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation