KATHMANDU WEATHER
Horizontal Scroll Menu
नेपाली सेनामा ४५ सयको लागि भर्नाः सैन्यदेखि विभिन्न पदमा रोजगारीको अवसर

नेपाली सेनामा ४५ सयको लागि भर्नाः सैन्यदेखि विभिन्न पदमा रोजगारीको अवसर

१८ वैशाख, काठमाडौँ । नेपाली सेनाले आफ्नो रिक्त दरबन्दी पूर्ति गर्न ४ हजार ५ सय जनाका लागि आवेदन आह्वान गरेको छ ।

जङ्गी अड्डा, भर्ना छनोट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो। सेनाले सैन्य पदका अतिरिक्त बन्दोबस्ती कार्य सिपाही (ब.का.सि), सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी जस्ता विशेष सीप भएका पदहरूमा पनि दरखास्त मागेको छ।

सेनाले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने लक्ष्य राखेको यस भर्ना अभियानमा देशभरका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । इच्छुक उम्मेदवारहरूले सेनाले तोकेका विभिन्न भर्ना छनोट केन्द्रहरूमा भौतिक रूपमा उपस्थित भई आवेदन दिनुपर्नेछ। सूचना अनुसार आजै अर्थात् वैशाख १८ गतेदेखि सुरु भएको यो आवेदन प्रक्रिया आगामी जेठ १६ गतेसम्म कायम रहनेछ।

नेपाली सेनाले आफ्नो संगठनलाई सुदृढ बनाउन र रिक्त पदहरू समयमै पूर्ति गर्न ठूलो संख्यामा जनशक्ति माग गरेको जनाएको छ । तोकिएको समयसीमा भित्र र तोकिएका मापदण्ड पूरा गरी दरखास्त दिने उम्मेदवारहरूलाई विभिन्न चरणको छनोट प्रक्रियामा सामेल गरिनेछ। सुरक्षा निकायमा करियर बनाउन चाहने युवाहरूका लागि यो एक महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३