KATHMANDU WEATHER
Horizontal Scroll Menu
मेनरोड विस्तारविरुद्ध वीरगन्जमा मानव सांग्लो प्रदर्शन

मेनरोड विस्तारविरुद्ध वीरगन्जमा मानव सांग्लो प्रदर्शन

वीरगन्ज,२४ वैशाख । त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारको विरोधमा स्थानीय घरधनी र व्यापारीहरूले बिहीबार मानव सांग्लो बनाएर प्रदर्शन गरेका छन्। वीरगन्ज बचाउ संघर्ष समिति तथा वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको नेतृत्वमा आदर्शनगर चोकदेखि घण्टाघरसम्म स्थानीयहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले सडक विस्तारका नाममा भइरहेको संरचना भत्काउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

सडक विभागले वैशाख ६ र ७ गते वीरगन्ज महानगरपालिकासँगको सहकार्यमा गण्डकदेखि मितेरी पुलसम्मको क्षेत्रमा सडकको दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने संरचनामा डोजर चलाएको थियो। विभागले सडक सीमांकन गरी बाँकी संरचना हटाउन घरधनीलाई सूचना समेत जारी गरिसकेको छ।

यस कदमको विरोध गर्दै स्थानीयले “डोजर आतंक बन्द गर”, “सुकुम्बासी बनाउन पाइँदैन”, “वीरगन्जको मेनरोडलाई सहरी मार्ग कायम गर” लगायतका नाराबाजी गरेका थिए। केही प्रदर्शनकारीले सरकारविरुद्ध पनि चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

वीरगन्ज बचाउ संघर्ष समितिका संयोजक जवाहर साह कानुले विकासको नाममा स्थानीयलाई विस्थापित गर्ने प्रयास भइरहेको आरोप लगाए। उनका अनुसार वीरगन्जमा पहिले नै वैकल्पिक बाइपास सडक र ६ लेन व्यापारिक मार्ग निर्माण भइसकेकाले मुख्य सडकलाई थप २५ मिटर विस्तार गर्न आवश्यक नरहेको दाबी गरे।

स्थानीयले मेनरोडलाई राष्ट्रिय राजमार्गको सट्टा सहरी मार्गको रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यसअघि वैशाख ११ गते पनि स्थानीय व्यापारी र घरधनीहरूले विरोध प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि आन्दोलनकारीहरूले काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए। सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार करिब ८ किलोमिटर क्षेत्रमा राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सडक विस्तार गर्ने क्रममा झण्डै १ हजार २ सय पक्की संरचना प्रभावित भएका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३