KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
एसईईको नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्रै नतिजा आउने

एसईईको नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्रै नतिजा आउने

२४ बैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नतिजाको व्यग्र प्रतीक्षामा रहेका लाखौँ विद्यार्थीहरूको पर्खाइ अब सकिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख २९ गतेभित्रै नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीलाई तीव्रता दिएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूको प्राप्ताङ्क प्रणालीमा प्रविष्ट (इन्ट्री) गर्ने कार्य सम्पन्न भइसकेको छ भने बुधबारदेखि विवरणहरू रुजु गर्ने काम धमाधम भइरहेको छ । कुनै प्राविधिक त्रुटी नहोस् भन्नका लागि बोर्डले निकै सतर्कताका साथ तथ्याङ्क रुजु गरिरहेको र निर्धारित समयभित्रै नतिजा निकाल्ने लक्ष्य राखेको छ ।

यस वर्षको एसईई परीक्षालाई विगतको भन्दा फरक र छिटो बनाउन बोर्डले नयाँ रणनीति अपनाएको थियो । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा उत्तरपुस्तिका परीक्षणका लागि केन्द्रमै व्यवस्था मिलाइएको थियो, जसका कारण परीक्षा सकिएको छोटो समयमै नतिजा तयारीको काम अन्तिम चरणमा पुग्न सफल भएको हो । उत्तरपुस्तिका परीक्षण सकिएलगत्तै केन्द्रहरूबाट प्राप्त अंकलाई एकीकृत गर्ने काम सकिएकाले अबको केही दिनमै नतिजा सार्वजनिक हुने सुनिश्चित भएको छ ।

Call Us for Ads

तथ्याङ्क अनुसार यस वर्ष एसईईका लागि देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धिका लागि ७० हजार ८५५ परीक्षार्थी सहभागी छन् ।

छात्रभन्दा छात्राको संख्या बढी रहेको यस पटकको परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र सहभागी भएका छन् । बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम मिति नजिकिँदै गर्दा विद्यार्थी र अभिभावकहरूमा उत्साह र कौतूहल दुवै बढेको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation