KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
मोटरसाइकलको ट्याङ्कीमा फल्स बटम बनाएर चरेस ओसारपसार, भारतीय नागरिक पक्राउ

मोटरसाइकलको ट्याङ्कीमा फल्स बटम बनाएर चरेस ओसारपसार, भारतीय नागरिक पक्राउ

हरिकिशोर शर्मा

Advertisement

पर्सा , ३१ भदौ

Advertisement

पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले लागूऔषध चरेसजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Ad

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।

Advertisement

प्रहरीका अनुसार मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइराखिएको अवस्थामा अन्दाजी ९.५ किलोग्राम चरेसजस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त पदार्थ २१ वटा पोकामा प्याक गरी राखिएको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

घटनास्थलबाट एक थान मोबाइल र लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका भारतीय नागरिक, बरामद पदार्थ, मोटरसाइकल तथा अन्य सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पदार्थको वास्तविक प्रकृति तथा घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation