परवानीपूरमा गएराती ट्रकको ठक्करबाट मृत्यु भएकाहरूको पहिचान खुल्यो
परवानीपुर,३० भदौ /
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
वीरगंज–पथलैया सडकखण्डमा ना ३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले ना ४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मंगलबार राति करिब ८:३० बजे ऐरोटेक ग्यास कम्पनीबाट निस्किएर सर्भिस लेनबाट एक्सप्रेस-वेतर्फ प्रवेश गर्दै गरेको ट्रकले जितपुरबाट वीरगांजतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगंजमा पठाइएकोमा चिकित्सकले जाँच गर्दा राति ९:१० बजे दुवैलाई मृत घोषित गरेका हुन् ।
मृतकहरूमा पर्साको वीरगंज–१६ नगवा बस्ने ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी रहेका छन् । उनीहरूमध्ये मोटरसाइकल चालकको थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी नायब निरीक्षक उमेश निरौला र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा प्राविधिकसहितको टोली खटिएर घटनास्थलको अनुसन्धान गरेको थियो ।
दुर्घटनामा संलग्न रहेकोे ट्रक र चितवन,भरतपुर-७ बस्ने ५८ वर्षीय चालक सुनिलराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएका छ । चालक र ट्रक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी गराएको छ । मृतक दुवैको शव परीक्षणका लागि नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






