नारायणीको कटानले नारायणगढ जोखिममा, चितवनमा उच्च सतर्कता
८ असोज, चितवन । नारायणी नदीमा तीव्र कटान बढेपछि नारायणगढ बजारसहित पश्चिम चितवन जोखिममा परेको छ ।
लगातारको भारी वर्षासँगै नारायणी र त्रिशूली नदी तटीय क्षेत्रमा बाढी तथा कटानको खतरा बढेको हो । भरतपुर महानगरपालिका–१ स्थित गौरेश्वर मन्दिर र नारायणी लिफ्ट सिँचाइ पम्प परिसरमा कटान तीव्र बनेको छ ।
कटान नियन्त्रणका लागि प्रशासन, सुरक्षा निकाय र स्थानीयवासी परिचालित भएका छन् । बोरा र तारजाली प्रयोग गरी अस्थायी तटबन्ध निर्माणको काम भइरहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातिको यात्रा रोक्न अपिल गर्नुभएको छ । यात्रा गर्नैपर्ने अवस्थामा खानेपानी, सुक्खा खाना र अतिरिक्त कपडा साथमा राख्न सुझाव दिइएको छ ।
नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न पनि प्रशासनले आग्रह गरेको छ । कटानग्रस्त क्षेत्रको अनुगमन गर्दै बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीले कटान नरोकिए नारायणीको पानी नारायणगढ बजारमा पस्न सक्ने चेतावनी दिनुभएको छ। उहाँले तटबन्ध आयोजनाको दोस्रो चरणको टेन्डरमा भएको ढिलाइले समस्या जटिल बनेको बताउनुभयो । तत्काल बोरा र तारजालीबाट कटान रोक्न तथा दीर्घकालीन समाधानका लागि हिउँदमा प्राविधिक अध्ययनसहित स्पर निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
स्थानीय सामाजिक व्यक्तित्व शैलेन्द्र पियाले कटान नियन्त्रणमा दीर्घकालीन योजना नहुँदा समस्या दोहोरिएको बताउनुभएको छ । दुई वर्षअघि निर्माण गरिएको तटबन्धसमेत भत्किएको उल्लेख गर्दै उहाँले यो समग्र भरतपुर र पश्चिम चितवनको सुरक्षासँग जोडिएको विषय भएको बताउनुभयो ।
सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । अवस्था गम्भीर बने रात्रिकालीन यातायात, विद्यालय तथा कलकारखाना सञ्चालनमा रोक लगाउन सकिने प्रशासनले जनाएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






