KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सीता एयरको जहाज जुफाल विमानस्थलको रनवेमा दुर्घटना

सीता एयरको जहाज जुफाल विमानस्थलको रनवेमा दुर्घटना

काठमाडौं। डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।

Advertisement

 

Advertisement

नेपालगन्जबाट उडान भरेको सीता एयरको ‘९एन–एजे’ कलसाइन भएको जहाज आज बिहान ८:२५ बजे अवतरणका क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

Ad

 

Advertisement

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार, अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का फुस्किएपछि दुर्घटना भएको हो। चक्का बाहिर निस्किएलगत्तै जहाज केही परसम्म उछिट्टिएको थियो।

Advertisement

 

दुर्घटनालगत्तै पाइलटले होसियारी अपनाउँदै तत्काल इन्जिन बन्द गरेपछि जहाजमा सम्भावित आगलागी हुनबाट जोगिएको छ। दुर्घटनाका कारण जहाज अहिले पनि रनवेमै रोकिएको छ।

 

प्रहरीका अनुसार, यस घटनामा कुनै पनि किसिमको मानवीय क्षति भने भएको छैन।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation