KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि, निर्वाचन तयारीमा पनि जोड

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि, निर्वाचन तयारीमा पनि जोड

बिरगंज, पर्सा, ७ कार्तिक 

Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियानको उद्घाटन आज दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

Advertisement

 

Ad

उनका अनुसार उद्घाटन कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Advertisement

 

Advertisement

असोज २३ गते बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको थियो। अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइने नेकपाले जनाएको छ।

 

अभियानमार्फत सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने तथा आगामी स्थानीय तह र प्रदेश निर्वाचनको तयारीलाई तीव्रता दिने पार्टीको योजना छ।

 

यसैबीच, नेकपाले संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन वडा र पालिका अधिवेशनको मिति तय गरेको छ। पार्टीको निर्णयअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन हुनेछ। स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको छ।

 

पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने विषयलाई समेत प्राथमिकता दिइएको छ। बैठकमा प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा पनि छलफल भएको थियो।

 

त्यस्तै, नेकपाले ग्रेजोनको रिपोर्टबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

 

राष्ट्रिय जागरण अभियानलाई संगठन विस्तार, पार्टी सुदृढीकरण, सरकारका कामकारबाहीमाथि खबरदारी र आगामी निर्वाचनको तयारीसँग जोडेर अघि बढाउने नेकपाको योजना रहेको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation