नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मत प्राप्त
बिरगंज, पर्सा, २४ असोज
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको जनाइएको छ।
कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् भने खड्गीले ५.३५ प्रतिशत मत पाएका छन्। त्यस्तै, ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र नयाँ राजनीतिक कार्यदिशाको पक्षमा सक्रिय रहँदै आएका थिए।
तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा सम्पन्न विशेष महाधिवेशनले उनलाई सभापतिको नेतृत्वमा पुर्याएको थियो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयलाई लिएर बहससमेत भएको थियो।
यसै पृष्ठभूमिमा सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापा औपचारिक रूपमा सभापतिमा निर्वाचित भएका हुन्। उनको नेतृत्वमा कांग्रेसको संगठनात्मक सुधार, पार्टीको आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिले कस्तो दिशा लिन्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






