पर्साको बहुअरीबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद
बीरगंज २६ असोज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा पर्साबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ ।
मिति २०८३ साल असोज २६ गते दिउँसो अन्दाजी १४:३० बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नं. २२ बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडकखण्डको पूर्वपट्टि धान रोपेको खेतमा प्लाष्टिकको बोराले बेरी लुकाइछिपाई राखिएको अवस्थामा उक्त हतियार फेला परेको हो । प्रहरीले १२ बोरको १ नाले भरुवा बन्दुक १ थान बेवारिसे अवस्थामा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी गरिएको यस सूचनाअनुसार बरामद गरिएको हतियारबारे थप अनुसन्धान कार्य भइरहेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






