KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पर्साको बलुवा नाकाबाट कपडाको व्यापक तस्करी, स्थानीयको विरोध पछि कपडा पक्राऊ

पर्साको बलुवा नाकाबाट कपडाको व्यापक तस्करी, स्थानीयको विरोध पछि कपडा पक्राऊ

पर्साको बलुवा नाका बाट व्यापक रूपमा कपडाको तस्करी मौलाएको एक भिडियो ले प्रष्ट पारेको छ। उक्त भिडियोमा त्यहाँका स्थानीयले बिरोध गर्दैै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कार्यशैली प्रति विरोध जनाएको प्रष्ट छ। 

 

 

Call Us for Ads

दिनभरि पर्सा जिल्लाको अनेकौँ नाकामा कडाइ गरिएको देखिन्छ घरायसी प्रयोजनका सामान ल्याउँदा समेत भन्सार गराएर मात्र लिएर आउनु जस्तो पाठ सिकाइन्छ तर त्यही बेलुका राति र बिहान सम्म तस्कर लाई छुट दिने गरेको भिडियो स्वयम् प्रमाण छ। 

 

 

भिडियोमा कोई एक जना व्यक्ति तस्करको सामान छुटाउन, सेटिङ मिलाउन समेत पुगेको जस्तो भिडियोमा प्रस्ट रूपमा आवाज सुनिएको छ। प्रहरी र स्थानीयले झपारेको पनि आवाज भिडियो मा छ। 

 

आम जनता ५ किलो चिनी, खाने तेल, चामल, मसला ल्याउँदा ठूलो अपराधी जस्तै व्यवहार आम जनता संग गर्ने गरेका छन मानौंकि त्यो सामान नाका बाट नेपाल छिर्यो भने प्रहरी हरुको जागिर खोसिन्छ। तर रातभरि आफैं स्कटिंग गरी सीमा देखि सुरक्षित ठाउँमा पुर्याउन प्रहरी आफैं सहयोग गर्ने गरेका हुन्छन। 

 

 

भाँगहा,बलुवा नाका इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली , सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट चैनपुरको क्षेत्रमा पर्ने गरेको छ। राति पक्राऊ परेको लाखौं लाख को कपडा, तस्करीमा संलग्न एक व्यक्ति, तस्करीमा प्रयोग हुने मोटरसाइकल समेत बरामद भएको छ। 

 

राति स्थानीयले बिरोध गरे, सूचना दिए पश्चात् नेपाल प्रहरी र सशस्त्र प्रहरी कपडा, व्यक्ति,मोटरसाइकल पक्राऊ गर्न सफल भए यदि त्यही कसैले बिरोध वा जानकारी न गराए निर्वाध रुपमा यो तस्करीको सञ्जाल चलिरहन्थ्यो। 

 

एक स्थानीयका अनुसार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा घुमवा मार्फत मोटो रकम असुलीको कुरा उहाँले जानकारी दिनुभयो। यदि रकमको चलखेल छैन भने यति दिनदेखि किन पक्राऊ परेन। रातभरि तस्कर समूहले कुदाउने मोटरसाइकलको चर्को आवाज ले सुत्न समेत गार्हो हुने जनाए। 

 

यस विषयमा सम्बन्धित तथा माथिल्लो निकायले छानबिन गर्न र तस्करीमा संलग्न गिरोहलाई कानुनी कारवाही गर्न आवश्यक बुझिन्छ। 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation