पत्रकार पक्राउबारे प्रश्न उठ्दा रवि लामिछानेको प्रतिप्रश्न : ‘हाउ मच इज टु मच ?’
बिरगंज, पर्सा, २० कार्तिक
काठमाडौं । पछिल्लो समय सरकारले पत्रकार पक्राउ तथा विभिन्न कारबाही अघि बढाएको विषयमा सञ्चारकर्मीहरूले प्रश्न उठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिप्रश्न गरेका छन् । उनले सञ्चारकर्मीको ‘टु मच भएन र ?’ भन्ने प्रश्नको जवाफमा ‘हाउ मच इज टु मच ?’ भन्दै प्रतिवाद गरेका हुन् ।
बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले सरकारले विभिन्न विषयमा अनुसन्धानका क्रममा नियमित काम गरिरहेको दाबी गरे । सात महिनाको घटनाक्रमलाई एउटै विषयका रूपमा जोडेर अतिरञ्जित गर्न नहुने उनको भनाइ थियो ।
‘अनुसन्धानका क्रममा सरकारले विभिन्न कामहरू गर्दै आएको छ । अब सबैलाई एउटै डालोमा हाल्नुभयो भने २० वटा कुरा होलान्,’ उनले भने, ‘तत्–तत् समयमा प्रवक्ता वा हामीले जवाफ दिँदै आएका छौं । अब पूरै सात महिनाको घटनाक्रमलाई एकै दिन प्रश्न सोध्नुभयो भने मेरो प्रश्न तपाईंहरूलाई, हाउ मच इज टु मच ?’
आइजिपी फेरबदलमा पार्टीको दबाब छैन : लामिछाने
प्रहरी महानिरीक्षक (आइजिपी) फेरबदलको चर्चाबारे पनि लामिछानेले प्रतिक्रिया दिएका छन् । उनले आइजिपी, डिआइजी वा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्ने विषय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भन्दै त्यसको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताए ।
रास्वपाले कुनै पनि सुरक्षा अधिकारीलाई हटाउन वा नियुक्त गर्न सरकारमाथि दबाब नदिने उनको स्पष्टोक्ति थियो ।
न्युजरुममा प्रहरी प्रवेशबारे पार्टी गम्भीर
मिडियाको न्युजरुममा प्रहरी प्रवेश गरेको घटनालाई पार्टीले गम्भीर रूपमा लिएको पनि लामिछानेले बताएका छन् ।
उनले सरकारका सबै काममा पार्टीले समर्थन मात्र नगर्ने स्पष्ट पार्दै आवश्यकताअनुसार सरकारलाई खबरदारी गर्ने र ‘चेक एन्ड ब्यालेन्स’ कायम राख्ने बताए ।
सरकारको काममा अन्धसमर्थन नगर्ने उल्लेख गर्दै लामिछानेले आवश्यक विषयमा पार्टीले आफ्नो धारणा राख्ने र निगरानी गर्ने संकेत गरेका छन् ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






