फरार रहेका ११ प्रतिवादी बाराबाट पक्राउ
२४ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका व्यक्तिहरूलाई विशेष अभियानअन्तर्गत बुधबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा उपस्थित गराइएको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू वन पैदावार हानिनोक्सानी, चेक अनादर, लेनदेन, कुटपिट अङ्गभङ्ग तथा राजस्व चुहावटजस्ता मुद्दामा संलग्न रहेका छन्। प्रहरीले फरार प्रतिवादीविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

