KATHMANDU WEATHER
Horizontal Scroll Menu
पूर्व महिला दलित वडा सदस्य मुसहरिनलाई मानव मलमुत्र खुवाएको आरोप

पूर्व महिला दलित वडा सदस्य मुसहरिनलाई मानव मलमुत्र खुवाएको आरोप

रौतहट : बोक्सीको आरोपमा रौतहटको कटहरिया नगरपालिकाकी पूर्व वडा सदस्य महिलालाई मानव मलमुत्र खुवाइएको घटना बाहिरिएको छ । 
छिमेकीको घरमा जन्ती आएका एक बालकलाई जादू टुना गरेको आरोपमा कटहरिया–९ कि दलित समुदायकी पूर्व वडा सदस्य  ५५ बर्षीया अंकलियादेवी मुसहरिनलाई शनिबार साँझ केही स्थानीयले बलपूर्वक मानव मलमुत्र खुवाएको घटना सार्वजनिक भएको हो ।

डुमरिया मुसहरी टोलमा पीडितको छिमेकी पुकार माझीका छोराको बिहेको अवसरमा पर्साबाट शनिबार सरियतिया (छोरी पक्षको जन्ती) आएको समयमा जन्ती आएका एक १० बर्षीय बालकले उल्टी गरेका थिए । सोही बिषयलाई निहुँ बनाएर मुसहरिनले जादू टुना गरेर बच्चालाई मार्न खोजेको आरोप लगाउँदै १५ देखि २० जनाको भीड आएर पूर्व वडा सदस्य अंकलिया देवीको हात, जीउ र टाउको समातेर उनीहरूले बियरको बोतलमा घोलेर ल्याएको मूत्र बलपूर्वक खुवाएको पीडितकी छोरी सुमिलादेवी मुसहरिनले बताइन् ।  

 

 

शनिबार साँझ ७ बजेको समयमा आमा छोरी मात्र घरमा भएको बेला स्थानीय पुकार माझी मुसहर, राजेन्द्र माझी मुसहर, लक्ष्मी माझी मुसहर, शंकर माझी मुसहर, सुरेन्द्रठाकुर लोहार, गौरी साह कलवारलगायत एक दर्जन भन्दा बढीको संख्यामा आएका मानिसहरूले एक्कासी घरभित्र पसेर बियरको बोतलमा घोलेर ल्याएको मलमुत्र बलपूर्वक खुवाएको छोरी सुमिलाले बताइन् ।

बिरोध गर्दा उनीहरूले कुटपिट समेत गरेको उनले बताएकी छिन् । घटनाको केही समयपछि ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले पीडितको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो । सई मगरका अनुसार अचेत अवस्थामा रहेकी पीडित महिलालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएपछि हाल अवस्था सामान्य भएको छ ।

घटना लगत्तै आरोपीहरुलाई प्रहरीले पक्राउ गर्न जाँदा सिङ्गो टोलका अधिकांश महिला–पुरुषले प्रहरी टोली र गाडीमाथि आक्रमणको प्रयास गरेका  थिए । पीडित महिलालाई ईलाका प्रहरी कार्यालय गरुडा पठाइएको तथा आरोपीको खोजी भईरहेको सई मगरले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धान र आरोपी पक्राउ गर्न इन्सपेक्टरको कमाण्डमा थप प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताएका छन् । यस प्रकारको अमानवीय घटनामा जोजो दोषी ठहर हुन्छन् कानुन अनुसार कडा कार्वाही गरिने डीएपी आचार्यले बताएका छन् । 
 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३