रौतहटमा मोटरसाइकल दुर्घटना, २८ वर्षीय युवकको मृत्यु
रौतहटको बौधिमाई नगरपालिका–८, मौलापुर–बंकुल भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार BR05AU 0905 नम्बरको मोटरसाइकल मौलापुरबाट बंकुलतर्फ जाने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परोहा नगरपालिका–९ निवासी लालबाबु दासका करिब २८ वर्षीय छोरा जितेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे बिहान करिब ५:३० बजे प्रहरी चौकी बंकुलमा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो। थप अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मौलापुर र जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी तथा SOCO टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
घटना प्रहरी चौकी बंकुलबाट करिब ३ किलोमिटर उत्तरमा भएको हो। दुर्घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३





