KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu

रिमा यादवको कोन्हियामा उत्साहजनक घरदैलो;बढ्दो जनसमर्थनले विपक्षीको खेमामा हलचल

 

वीरगन्ज,१३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१७ अन्तर्गत अलौको कोन्हिया टोलमा घरदैलो अभियान तथा पार्टी प्रबेश सम्पन्न गरेकी छन्।

Call Us for Ads

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरिन्।   

नवप्रेबीसीहरुलाई पुर्व मन्त्री प्रमोद जयसवालले टीका माला लगाई पार्टी प्रवेश गराएका थिए।

नवप्रबेसी बिरा यादव,पुन्देव यादव, मदन यादव,नन्दु यादव, प्रबिन यादव, सुखाडी यादव, छोटेलाल यादव, असई यादव, मैना,राजकुमार लगाएत दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले यस क्षेत्रको बिकास, समृद्धि तथा रोजगारीको लागि नेकपा एमालेका उम्मेदवार रिमा यादवलाई  बिजय गराउन बताँउदै पार्टी प्रबेश गरेका छन्।

 

कार्यक्रममा केन्द्रीय सदस्य बिजय सरवागी,प्रमोद जयसवाल,बिचारी यादव, वडा अध्यक्ष संजु छतकुली,प्रेम पटेल, लियाकत अली, अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएको थियो।

 स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation