सरकारविरुद्ध सशक्त आन्दोलनको तयारीमा एमाले : महेश बस्नेत
बिरगंज, पर्सा, २४ असोज
नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध सशक्त आन्दोलन गर्न पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्। उनले वडा, पालिका र प्रदेश तहमा भइरहेका अधिवेशन तथा भेलाहरूलाई आन्दोलनको पूर्वतयारीका रूपमा व्याख्या गरेका छन्।
शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले चाडपर्वपछि घोषणा गरिएको आन्दोलनको मिति पटक–पटक सर्दै गएको विषयमा उठेको प्रश्नको जवाफ दिँदै आन्दोलनका लागि क्रमिक रूपमा तयारी भइरहेको बताएका हुन्।
‘शिवरात्रिको ठूलो मुडा एकैचोटि बल्दैन, त्यसका लागि पहिले कागज, झिँजा र साना दाउरा सल्काइन्छ,’ उनले भने, ‘अहिले भइरहेका वडा, पालिका र प्रदेश तहका अधिवेशन तथा भेलाहरू आन्दोलनकै पूर्वतयारी हुन्।’
बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले अपेक्षा गरेभन्दा निकै ठूलो आन्दोलन हुने दाबीसमेत गरे। एमालेले सरकारलाई चुनौती दिनका लागि मात्रै नभई परिवर्तनका लागि आन्दोलनको आधार तयार गरिरहेको उनको भनाइ छ।
आन्दोलनमा अन्य पक्षसँग सहकार्य गर्ने विषयमा बोल्दै बस्नेतले वर्तमान सरकारमाथि अधिनायकवादी, प्रतिशोधी, जनविरोधी तथा भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।
उनले पार्टीले संगठनात्मक गतिविधिलाई तीव्रता दिँदै सरकारविरुद्धको आन्दोलनका लागि आवश्यक तयारी गरिरहेको संकेत गरेका छन्। यद्यपि, आन्दोलनको निश्चित मिति र कार्यक्रमबारे उनले यस क्रममा स्पष्ट जानकारी दिएका छैनन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






