KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण (ह्याबियस कर्पस) रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई रिहा गर्न मंगलबार आदेश दिएको हो।

न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको पक्षमा आदेश जारी गरेको अदालतका सूचना अधिकारी एवं उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए।

यसअघि सोमबार न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको सम्बन्धमा निर्वाचन आयोगको निर्णयसहितको फाइल झिकाउन आदेश दिएको थियो।

Call Us for Ads

प्रसाईंले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।

प्रहरी परिसरले अदालतमा पेश गरेको लिखित जवाफमा निर्वाचन आयोगको फागुन ३ गतेको पत्रका आधारमा अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रसाईंलाई पक्राउ गरिएको उल्लेख गरेको थियो। आयोगको पत्र प्राप्त भएपछि प्रहरी टोलीले फागुन ४ गते प्रसाईंलाई नियन्त्रणमा लिएको थियो।

सर्वोच्च अदालतको आदेशसँगै प्रसाईंको थुनामुक्ति सुनिश्चित भएको छ। अदालतको यस निर्णयलाई राजनीतिक तथा कानुनी वृत्तमा चासोका साथ हेरिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation