KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सर्वोच्चले भन्यो– दुर्गा प्रसाईँको पक्राउ कानुनसम्मत देखिएन

सर्वोच्चले भन्यो– दुर्गा प्रसाईँको पक्राउ कानुनसम्मत देखिएन

सर्वोच्च अदालतले दुर्गा प्रसाईँको पक्राउ कानुन सम्मत नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको छ।

प्रसाईँलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पूरा नगरेको तथा संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रताको हकमा गम्भीर आघात पुगेको भन्दै सर्वाेच्चले थुनामुक्त गर्न आदेश दिएको हो।

 

Call Us for Ads

उमा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश जारी गरेको हो।

 

पक्राउ गर्दा अपनाउनुपर्ने सामान्य कानुनी प्रक्रिया र विशेष कानुनी प्रक्रियालाई मिसमास नगरी जारी भएकै अर्थमा प्रयोग गर्नुपर्ने भन्दै आदेशमा भनिएको छ, ‘प्रस्तुत विवादमा कानुनबमोजिम जरुरी प्रकाउ पुर्जी जारी गर्ने अवस्था स्थापित नै भएको देखिँदैन भने त्यसलाई सामान्यीकरण गरी कार्यान्यन गर्दै जान पनि हुँदैन।’

 

प्रहरीले मुद्दा हेर्ने अधिकारीसमक्ष पेस गरेको पत्रमा ‘जरुरी पक्राउ पुर्जी’ जारी गर्नुपरेको कारण उल्लेख भएको नदेखिएको तथा मुद्दा हेर्ने अधिकारीले अनुमति दिँदासमेत कारणसहितको पर्चा खडा नगरेकोमा सर्वोच्चले प्रश्न उठाएको छ।

 

सो मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भए धरौट वा जमानत लिई वा तारेखमा राखी अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation