KATHMANDU WEATHER
Horizontal Scroll Menu
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वीरगञ्ज । वीरगञ्जमा मुख्य कार्यालय रहेको स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीको विशेष साधारण सभा वैशाख ११ गते वीरगञ्जस्थित होटल सरोबरमा सम्पन्न भएको हो।

सञ्चालक समिति अध्यक्ष प्रतिक अग्रवालको अध्यक्षतामा बसेको सभाले कम्पनीको कुल जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको छ। साथै, आईपीओसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने र संस्थापक समूहको बाँकी सेयर प्रिमियम मूल्यमा बिक्री गर्न सक्ने अधिकार समेत प्रदान गरिएको छ।

 

 

कम्पनीले हाल वीरगञ्जको आदर्शनगरमा बहुआयामिक ९ तले आधुनिक व्यावसायिक भवन सञ्चालनमा ल्याइसकेको छ। भवनको भुईँ तलामा ब्रान्डेड रिटेल पसल, पहिलो तलामा क्यासिनो र दोस्रो तलामा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा रहेका छन्।

 

 

तेस्रो तलादेखि माथिका भागहरूमा सरोवर समूहको व्यवस्थापनमा चारतारे होटल सञ्चालन भइरहेको छ। करिब ६० कोठा क्षमताको उक्त होटलमा रेष्टुरेन्ट, बैंक्वेट हल, सभा–सम्मेलन कक्ष तथा रुफटप रेष्टुरेन्ट जस्ता सुविधा उपलब्ध छन्।

‘स्काइलाइन मॉल’ परियोजनालाई “” अवधारणाअनुसार विकास गर्दै आधुनिक व्यापारिक केन्द्रका रूपमा विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको छ। यसले वीरगञ्जलाई नयाँ व्यापारिक हबका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कम्पनी २०८१ सालदेखि सञ्चालनमा आएको हो र आर्थिक वर्ष २०८१/८२ मै नाफामा पुगिसकेको जनाएको छ। हाल कम्पनीको नेटवर्थ पनि सकारात्मक रहेको उल्लेख गरिएको छ।

कुल १७५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा २० प्रतिशत अर्थात् ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ। आईपीओ निष्काशनपछि कम्पनीको पूँजी विस्तार भई परियोजनाहरू अझ सुदृढ रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३