KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगंज–२० अपौनीमा अतिक्रमण हटाइयो, रोकिएको विकास योजना चल्ने

वीरगंज–२० अपौनीमा अतिक्रमण हटाइयो, रोकिएको विकास योजना चल्ने

वीरगंज,०६ असाेज । वीरगंज महानगरपालिका–२० अपौनीमा अतिक्रमण गरी बनाइएका घर तथा टहरा हटाएर सार्वजनिक जग्गा खाली गराइएको छ। सार्वजनिक जग्गा खाली भएसँगै लामो समयदेखि रोकिएको करिब ८४ करोड रुपैयाँको विकास योजना अघि बढ्ने भएको छ।

Advertisement

 

Advertisement

महानगरपालिकाका अनुसार नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा मंगलबार भौतिक अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नम्बर ५ का अध्यक्ष प्रदीपकुमार चौरसियाको नेतृत्वमा नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले अतिक्रमण हटाएको हो।

Ad

 

Advertisement

स्थानीय हृदयनारायण सिंह, लक्ष्मण पण्डित, रमेश सिंह, कृपानारायण सिंह र नन्दकिशोर पुरीलगायतले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचना हटाइएको महानगरपालिकाले जनाएको छ।

Advertisement

 

अतिक्रमणका कारण विगत करिब ६ वर्षदेखि विकास योजना कार्यान्वयन हुन सकेको थिएन। उक्त योजनाको ठेक्का ‘स्वच्छन्द निर्माण सेवा’ले पाएको भए पनि निर्माणस्थल खाली हुन नसक्दा काम अघि बढ्न सकेको थिएन।

 

अब सार्वजनिक जग्गा खाली भएपछि रोकिएको विकास निर्माणको काम सुरु गर्ने बाटो खुलेको महानगरपालिकाले जनाएको छ। लामो समयदेखि रोकिएको योजना अघि बढ्ने भएपछि स्थानीयवासीले महानगरपालिकाको पछिल्लो कदमको स्वागत गरेका छन्।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation