KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
परोहाको पटेल चौकबाट कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

परोहाको पटेल चौकबाट कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

रौतहट, ७ असोज । रौतहटको परोहा नपा –८ मोतिपुर स्थित पटेल चौकबाट एक जना भारतीय नागरिकलाई अवैध हतियारसहित पक्राउ गरिएको छ।

Advertisement

 

Advertisement

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, सन्तपुर निवासी गम्भीरा दासको ३५ वर्षीय गोविन्दा दास रहेको प्रहरीले जनाएको छ।

Ad

 

Advertisement

प्रहरी चौकी मोतिपुर तथा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गरेको निगरानी तथा चेकजाँचका क्रममा दासलाई एक थान कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो।

Advertisement

 

सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानीलाई थप कडाइ गरिरहेको अवस्थामा हतियारसहित भारतीय नागरिक पक्राउ परेपछि घटनालाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको जनाएको छ। पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको र हतियारको स्रोत, उद्देश्य तथा यसमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अगाडि बढाइएको सम्बन्धित सुरक्षा निकायले जनाएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation