KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगंज –रक्सौल नाकाबाट भारत प्रवेश गर्न खोज्दा चिनियाँ नागरिक पक्राउ, सुरक्षा निकायद्वारा गहन अनुसन्धान

वीरगंज –रक्सौल नाकाबाट भारत प्रवेश गर्न खोज्दा चिनियाँ नागरिक पक्राउ, सुरक्षा निकायद्वारा गहन अनुसन्धान

वीरगंज, ०३ जेठ

 

नेपाल–भारत सीमाअन्तर्गत वीरगंज –रक्सौल मितेरीपुल नाकाबाट नेपाल हुँदै भारत प्रवेश गर्न खोजेका एक चिनियाँ नागरिक पक्राउ परेका छन्। भारतको बिहार राज्यस्थित रक्सौल प्रहरीले ती नागरिकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Call Us for Ads

 

पक्राउ पर्नेमा ५७ वर्षीय चिनियाँ नागरिक यहु सिजैङ रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी शनिबार नेपालबाट भारततर्फ प्रवेश गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्।

 

उनीमाथि अवैध रूपमा भारत प्रवेश गर्न खोजेको आशंका गरिएको छ। पक्राउपछि उनलाई रक्सौलको हरैया थाना लगिएको छ, जहाँ भारतीय सुरक्षा तथा अनुसन्धान निकायले सोधपुछ गरिरहेका छन्।

 

प्रहरी स्रोतका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको यात्रा विवरण, नेपाल बसाइ, भारत प्रवेशको उद्देश्य तथा सम्भावित सम्पर्कबारे अनुसन्धान भइरहेको छ। घटनालाई संवेदनशील रूपमा हेर्दै भारतीय सुरक्षा निकायले विभिन्न पक्षबाट अनुसन्धान अगाडि बढाएको बताइएको छ।

 

सीमा क्षेत्रमा पछिल्लो समय सुरक्षा सतर्कता बढाइएका बेला विदेशी नागरिक पक्राउ परेपछि वीरगंज –रक्सौल नाकामा निगरानी थप कडा पारिएको छ। भारतीय सुरक्षा निकायले सीमा क्षेत्र हुँदै हुने आवतजावतमा विशेष निगरानी गरिरहेको जनाएको छ।

 

हालसम्म पक्राउ परेका चिनियाँ नागरिकको उद्देश्यबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन भने अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation