KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न

अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न

पर्सा २ सबैया

पर्सागढी नगरपालिका वडा नं. ४ सबैयामा रहेको सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक आज अध्यक्ष लखन लाल साह कानुको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा वन संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रण लगायतका विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ।

 

Call Us for Ads

बैठकले सबैया साझेदारी वन अन्तर्गत अतिक्रमण गरी प्रयोग हुँदै आएको वन क्षेत्रको जग्गा खाली गराउने निर्णय गरेको छ। वन क्षेत्र संरक्षण गर्दै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न आवश्यक कदम चाल्ने विषयमा पनि छलफल भएको बताइएको छ।

 

कार्यक्रममा सबैया सब डिभिजन कार्यालय का रेन्जर भुपाल रोकाय,उपाध्यक्ष असलम आलम सहित सदस्यहरू श्रवण प्रसाद साह,भैइया राम पटेल, नेसार अहमद, राजिव सरार्फ, सुरज कुर्मी, रिता देवी, राधिका लामा, शशि भुषण तिवारी लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले वन अतिक्रमण नियन्त्रण, अवैध कटानी रोकथाम तथा उपभोक्ताको अधिकार संरक्षणका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

 

साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, वृक्षारोपण, जैविक विविधताको संरक्षण, वन पैदावारको व्यवस्थापन तथा स्थानीय समुदायको सहभागितामार्फत वातावरणीय सन्तुलन कायम गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। त्यस्तै वन क्षेत्रभित्र हुने अवैध गतिविधि नियन्त्रण गर्नुका साथै वन उपभोक्ताको हितमा कार्यक्रम सञ्चालन गर्नु समूहको मुख्य कर्तव्य र अधिकारभित्र पर्दछ।

बैठकमा वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने, समुदायको सक्रिय सहभागिता बढाउने तथा वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation