वीरगंजमा अव्यवस्थित तार हटाउने अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चोकसम्म पहिलो चरण
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सडक तथा सार्वजनिक क्षेत्रमा जथाभावी तानिएका इन्टरनेट र टेलिभिजन केवलका तार व्यवस्थापन गर्ने अभियान सुरु गर्ने भएको छ। महानगरले पहिलो चरणमा शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चोकसम्मको क्षेत्रमा रहेका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्न लागेको हो।
महानगरपालिकाले बिहीबारदेखि नै अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। तार व्यवस्थापनका क्रममा सम्बन्धित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा अनावश्यक तथा प्रयोगमा नरहेका तार हटाउने र आवश्यक तारलाई व्यवस्थित गरिनेछ।
महानगरपालिकाको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले तार व्यवस्थापन अभियान अघि बढाउने निर्णय गरेको हो। बैठकमा सातवटा इन्टरनेट सेवा प्रदायक र एउटा टेलिभिजन केवल सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
महानगरपालिकाले पटक–पटक बैठकमा बोलाउँदा पनि अनुपस्थित हुने वा तार व्यवस्थापन अभियानमा सहयोग नगर्ने सेवा प्रदायकलाई प्रचलित कानुन तथा महानगरको नियमअनुसार कारबाही गर्ने निर्णयसमेत गरेको छ।
सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा रहेका तारका कारण सहरको सौन्दर्यमा असर पर्नुका साथै पैदलयात्री तथा सवारी आवागमनमा समेत जोखिम बढ्दै गएको भन्दै महानगरले तार व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो। पहिलो चरणको अभियानको प्रभावकारिता हेरेर अन्य क्षेत्रमा समेत तार व्यवस्थापन विस्तार गर्ने महानगरको तयारी छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

