KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगंजमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंजमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंज , साउन २६ —

 

वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।

Call Us for Ads

 

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ६ः३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर जाँच गर्दा उक्त रकम बरामद गरेको हो।

 

पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्लाको डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।

 

प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको हो।

 

बरामद रकममा १ हजार दरका ४० लाख ५ हजार, ५ सय दरका ११ लाख ७६ हजार ५ सय, १ सय दरका ६४ हजार ३ सय र ५० दरका ४ हजार २ सय रुपैयाँका नोट रहेका छन्।

 

बरामद नगद र दुवै मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation