वीरगंज- देशभरका मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र पर्व हर्षोल्लासका साथ मनाएका छन्।
एक महिनासम्म रोजा (उपवास) बसेपछि आउने यस पर्वलाई आपसी सद्भाव, भाइचारा र खुसी साटासाट गर्दै मनाउने परम्परा रहेको छ।
बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू मस्जिद तथा खुला स्थानहरूमा भेला भई विशेष नमाज अदा गरेका थिए।
नमाजपछि एक–आपसमा अँगालो हाल्दै ‘ईद मुबारक’ भन्दै शुभकामना आदान–प्रदान गरिएको थियो। बालबालिकादेखि वृद्धवृद्धासम्म नयाँ लुगा लगाएर उत्साहका साथ पर्व मनाएको देखिएको छ।
ईदको अवसरमा विशेष परिकारहरू जस्तै सेवैयाँ, खीर, मांसजन्य परिकार लगायत मिठाइ बनाएर परिवार तथा छिमेकीसँग बाँडेर खाने चलन पनि रहेको छ।
यसले समाजमा आपसी प्रेम र सद्भाव बढाउन मद्दत गर्ने विश्वास गरिएको छ।
सरकारले पनि ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ।
विभिन्न राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ता तथा विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति, एकता र समृद्धिको कामना गरेका छन्।
यस पर्वले धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकताको सन्देश दिने भएकाले यसको महत्व अझ बढेको छ।
मुस्लिम समुदायले यो पर्वलाई विशेष उत्साहका साथ मनाउँदै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गरेका छन्।
सिरहा। सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ। घटनामा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चैत ६ गते अपराह्न करिब ४:५० बजे स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किँदा झडप भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा टोली खटिएर अवस्था नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कुटपिटमा परी सलमान पक्षका ४ जना घाइते भएका छन् भने हासिम पक्षका २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
घाइते हुनेहरूमा सलमान पक्षका अन्दाजी ४० वर्षीया भुटनी खातुन (टाउको र दाहिने हातमा मध्यम चोट), ३५ वर्षीय रहमद दफाली (टाउको र दाहिने हातमा चोट), ५८ वर्षीय इरफान मियाँ (टाउको, दाहिने हात र गर्दनमा मध्यम चोट) र २६ वर्षीय लालबाबु मियाँ (टाउको र दाहिने हातमा चोट) रहेका छन्।
त्यस्तै, हासिम पक्षका १९ वर्षीय अरमान हुसेन (टाउकोमा मध्यम चोट) र आरिफ दफाली (बायाँ हातमा चोट) घाइते भएका छन्।
घाइतेमध्ये भुटनी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य सबैलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
धनुषाको रेडियो धनुषा ९९.७ मेगाहर्जले मधेस मधेस खबर अनलाइन पत्रिकाका सम्पादक माधुरी महतोलाई सम्मानित गरेको छ । रेडियो धनुषाले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा बीबीसी नेपाली सेवामापनि कार्यरत पत्रकार महतोलाई नगदसहित सम्मानित गरेको हो ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा शुक्रबार पूर्वमन्त्री तथा सांसद मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको रेडियो धनुषाको वार्षिकोत्सव कार्यक्रममा कार्यक्रमका बिशिष्ठ अतिथी मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव र ग्रेटर मधेस मिडिया प्रालि तथा रेडियो धनुषाका अध्यक्ष मुकेश कुमार ठाकुरले नगद रकमसहित सम्मानपत्र प्रदान गर्दै सम्मानित गरे ।
रेडियो तथा पत्रकारिताको माध्यमले आवाज विहिनहरुको आवाज देशका नीति निर्माण तहसम्म पुर्याउन गरेको योगदानको कदर गर्दै वीरगन्जकी पत्रकार महतोलाई रेडियोको वार्षिकोत्सवको अवसरमा मधेस प्रदेशकै उत्कृष्ट पत्रकारका रुपमा सम्मानित गरिएको रेडियो धनुषाका अध्यक्ष ठाकुरले बताए ।
सम्मानित महतो , विगत १८ वर्षदेखि वीरगन्ज र मधेस प्रदेशलाई कर्मक्षेत्र बनाएर पत्रकारीता गर्दै आएकी छिन् । रेडियो पत्रकारितापनि करिब डेढ दशकको अनुभव संगालेकी पत्रकार महतो हाल मधेस यखबर अनलाइन पत्रिकाकी सम्पादक र बीबीसी नेपाली सेवामापनि कार्यरत छिन् । महतो, यसअघि पत्रकारीता सम्बद्ध दर्जनौ पुरस्कारबाट सम्मानित र पुरस्कृत भइसकेकी छन् ।
यस्तै उक्त कार्यक्रममा धनुषाको ढल्केबरका गोरखापत्र दैनिकका पत्रकार विजय साह , सिरहाका नयाँ पत्रिकाका पत्रकार मनिलाल बिक र रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई पनि सम्मानित गरिएको छ ।
वीरगञ्जको मुख्य बजार क्षेत्रमा आज गरिएको अनुगमनमा सरसफाइ, मूल्यसूची तथा कानुनी कागजातमा लापरबाही गर्ने व्यवसायीमाथि कारबाही गरिएको छ। वाणिज्य कार्यालय वीरगञ्जको संयुक्त अनुगमन टोलीले गीता मन्दिर रोड आसपासका विभिन्न होटल तथा रेष्टुरेन्टहरूमा निरीक्षण गर्दै ४ वटा व्यवसायलाई कुल रु. २५ हजार जरिवाना गरेको हो।
अनुगमनका क्रममा फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पसः र सोखिन म:म सेन्टर लगायतका व्यवसायमा खाद्य स्वच्छता, सरसफाइ, मूल्यसूची तथा सञ्चालन मापदण्डको अवस्थाबारे सूक्ष्म रूपमा जाँच गरिएको थियो। टोलीले विशेष गरी भान्सा क्षेत्रको सफाइ, खाद्य सामग्री भण्डारणको तरिका, प्रयोग हुने पानीको गुणस्तर तथा कर्मचारीहरूको व्यक्तिगत सरसफाइमा ध्यान केन्द्रित गरेको जनाएको छ।
निरीक्षणका क्रममा केही स्थानमा आवश्यक मापदण्ड पूरा नगरेको, मूल्यसूची नराखिएको तथा आवश्यक कागजात अद्यावधिक नभएको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिँदै कारबाही गरिएको हो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता कमजोरीलाई गम्भीर रूपमा लिँदै आगामी दिनमा पनि कडा निगरानी जारी रहने अनुगमन टोलीले स्पष्ट पारेको छ।
टोलीले व्यवसायीहरूलाई स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्दै उपभोक्तालाई सुरक्षित र स्वस्थ्य खाद्य सेवा उपलब्ध गराउन सचेत गराएको छ। मापदण्ड पालना नगरेमा थप कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
उक्त अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, जिल्ला प्रशासन कार्यालयका ब्रह्मदेव यादव, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामबाबू प्रसाद यादव तथा सञ्चारकर्मी अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले यस्ता बजार अनुगमन कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।
पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत खुल्न नसकेको २० लाख रुपैयाँ अबैध रकमसहित विनय शंकर साह तुरहालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने साह वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय स्थानीय हुन्। शुक्रबार बिहान ११ बजेको समयमा वीरगन्ज महानगरपालिका १६ स्थित भन्सारको मेनगेटमा बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकल चेकको क्रममा उनी पक्राउ परेका थिए।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार तुरहाले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई रकम ल्याउँदै गरेका थिए। उनका साथबाट नेपाली रुपैयाँ एक हजार दरको १,३०२ थान, पाँच सय दरको १,४०० थान, ५० रुपैयाँ दरको १ थान र भारतीय रुपैयाँ एक सय दरको ६ थान बरामद गरिएको छ।
साथै, सामसुङ ग्यालेक्सी ए१५ मोडलको मोबाइल १ थान र वीरगन्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको तुरहाको परिचय पनि बरामद गरिएको छ।
अबैध रकमसहित पक्राउ परेका तुरहालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
- पर्सामा रास्वपाको क्लिन स्वीप : चारै क्षेत्रमा जित, १०७ मध्ये ९५ उम्मेदवारको जमानत जफत
- नेपाली कांग्रेसमा हलचल: सभापति गगन थापाले राजीनामाको संकेत
- “बालेनलाई मेरो छोराले आइडल मान्थ्यो, अब उसले न्याय पाओस्” — सहिद सुलभराजका बुबाको पीडा
- स्व. सुशील कुमार खेतानको स्मृतिमा मारवाडी प्रिमियर लिग–३, फागुन २९ देखि आदर्श रंगशालामा
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
