KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

बिरगंज, पर्सा, २५ असोज 

Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गर्दै सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने भएका छन्।

Advertisement

निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार, पछिल्लो समय भएका प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र हजारौँ नागरिक विस्थापित हुनुपरेको अवस्थालाई ध्यानमा राख्दै दसैँ सादगीपूर्ण रूपमा मनाउने निर्णय गरिएको हो।

Ad

सूचनामा भदौमा हिमपग्लिएर आएको भीषण बाढी तथा असोजमा भएको अविरल वर्षाका कारण सयौँ मानिसको ज्यान गएको, हजारौँ प्रभावित भएको र ठूलो मात्रामा भौतिक क्षति पुगेको उल्लेख गरिएको छ।

Advertisement

प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकप्रति संवेदनशीलता व्यक्त गर्दै यस वर्ष सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नराख्ने निर्णय गरिएको जनाइएको छ।

Advertisement

नेपालीहरूको प्रमुख चाड बडादसैँमा पूर्वराजा ज्ञानेन्द्रले विगतका वर्षहरूमा निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए। तर, यस वर्ष भने विपत्तिबाट प्रभावित नागरिकको अवस्थालाई मध्यनजर गर्दै दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको हो।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation