बाराको अमलेखगञ्जमा ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किए, १० जना घाइते
बिरगंज, पर्सा, १३ कार्तिक
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब १२ बजे हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्याङ्करलाई वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइसले ठक्कर दिएको थियो। सोही क्रममा ईभी हाइसको पछाडि धरानबाट हेटौँडातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलसमेत ठोक्किएको थियो।
दुर्घटनामा ट्याङ्कर चालक जितपुरसिमरा–१६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल र ईभी चालक पोखरा महानगरपालिका–५ का ३८ वर्षीय आशिष मल्लसहित १० जना घाइते भएका छन्।
घाइतेमध्ये वीरगञ्ज–२ की ४५ वर्षीया समिना खातुन, उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन, जितपुरसिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, भारत बिहारका ७० वर्षीय नवल किशोर साह, प्रसौनी–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार, भारत पश्चिम बंगालकी २६ वर्षीया साबनि दास र मोटरसाइकल चालक धरान–१६ का २४ वर्षीय सरोज गुभाजु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। उनीहरूको अमलेखगञ्जस्थित अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो।
दुर्घटनापछि ईभी हाइस सडकबाट हटाउन नसक्दा केही समय सडकमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो। दिउँसो १ बजेर ५५ मिनेटपछि भने सडकमा दुवैतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखेको छ।
यसैबीच, प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा सडकमा विशेष सावधानी अपनाउन चालक र सर्वसाधारणलाई आग्रह गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






