KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
धरानमा प्रहरीको दुई राउन्ड हवाई फायर, २१० किलो गाँजासहित पाँच जना पक्राउ

धरानमा प्रहरीको दुई राउन्ड हवाई फायर, २१० किलो गाँजासहित पाँच जना पक्राउ

बिरगंज, पर्सा, १६ कार्तिक 

Advertisement

सुनसरी । सुनसरीको धरानमा प्रतिबन्धित लागूऔषध गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सोमबार बिहान प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Advertisement

 

Ad

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान उपमहानगरपालिका–२० च्यानडाँडा क्षेत्रमा गाँजा लोड भइरहेको सूचनाका आधारमा सोमबार बिहान करिब ३ बजे सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको थियो।

Advertisement

 

Advertisement

प्रहरी घटनास्थल पुग्दा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा फेला परेको थियो। प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले घटनास्थलबाट २१० किलो गाँजा र तस्करीमा प्रयोग भएका बा १ च ५०३८ तथा को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ।

 

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन्।

 

प्रहरीका अनुसार दुईवटा स्कार्पियोमध्ये एउटा रामसागर यादव र अर्को राजकुमार शाहले चलाइरहेका थिए।

 

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईका अनुसार पक्राउ परेका पाँचै जनालाई कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ।

 

गाँजा तस्करीमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको तथा यसको कारोबार सञ्जालबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation