KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
हिमलुङ हिमालमा हिमपहिरो : सङ्खुवासभाका दुई जनाको टूरिस्टको मृत्यु

हिमलुङ हिमालमा हिमपहिरो : सङ्खुवासभाका दुई जनाको टूरिस्टको मृत्यु

मनाङ — मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का छेबी भोटे र भोटखोला गाउँपालिका–२ का पासाङ भोटे रहेका छन्।

Advertisement

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार असोज ११ गते आइतबार हिमलुङ हिमाल क्षेत्रमा आएको हिमपहिरोमा परी दुवै जनाको मृत्यु भएको हो।

Ad

हिमलुङ हिमाल आरोहण तथा आसपासको क्षेत्रमा रहेका उनीहरू हिमपहिरोमा परेका थिए। उक्त हिमपहिरो नार्पाभूमि गाउँपालिका–५ क्षेत्रमा गएको जनाइएको छ।

Advertisement

मृतक दुवै जना टुरिस्ट गाइडका रूपमा कार्यरत रहेको बताइएको छ।

Advertisement

हिमपहिरोमा परी मृत्यु भएका उनीहरूको शव कैलाश हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। शवलाई पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको जनाइएको छ।

भोटखोला गाउँपालिकाका अध्यक्ष भोटेका अनुसार पोस्टमार्टमपछि दुवै जनाको काठमाडौंमै दाहसंस्कार गरिनेछ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation