KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पर्सामा पटाका पड्काउने क्रममा पाँच वर्षीय बालकको जलेर मृत्यु

पर्सामा पटाका पड्काउने क्रममा पाँच वर्षीय बालकको जलेर मृत्यु

बिरगंज, पर्सा, २३ कार्तिक 

Advertisement

पर्सामा पटाका पड्काउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

 

Ad

पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनी निवासी मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो।

Advertisement

 

Advertisement

प्राप्त विवरणअनुसार सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा अचानक बालकको छातीमा आगो लागेको थियो। आगलागीबाट गम्भीर रूपमा जलेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।

 

अस्पतालमा उपचार भइरहेको अवस्थामा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको र घटनाको वास्तविक अवस्था बुझ्ने काम जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

 

चाडपर्वका समयमा पटाका तथा विस्फोटक सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने यो घटनाले पुनः सचेत गराएको छ। विशेषगरी बालबालिकालाई यस्ता जोखिमपूर्ण सामग्रीबाट टाढा राख्न अभिभावकले ध्यान दिन आवश्यक देखिएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation